भ्रमित मन
आचार्य प्रभा
कोलोराडो, अमेरिका
उनी जलपरी बनेर
मेरो मनको दहमा
छिरिन्
र पौडिन थालिन्
सुस्तरी सुस्तरी………
ओहो! यो संग्लो
स्वच्छ पानीमा
उनी कत्ति
सुन्दर र निरीह
देखिएकी थिइन्
उनको कोमलता
अनि निरीहतामा
म लट्ठ परेर
मैले पनि मेरो
मनको दह स्वतन्त्रसँग
उनलाई खोली दिएँ
ता कि उनले
धक फुकाएर
डुबुल्कि मारिरहुन्
भनेर
म पनि उनको
मिठो आवाज
अनि उनको हर
चलनबाट मोहित
बनिरहेकी थिएँ,
एक दिन अनायस
मेरो मनको
दह भत्कियो
र धमिलो भयावह
बाढी बग्यो
म आतिएँ
बिचलित बनें,
मैले मनको दहको
बाढीलाई बाँध बाँध्न खोजें
त र मेरो मनको दह
क्षत, विक्षत बनेर
उर्लियो
म लगायत,
मेरा इच्छा,आकांक्षाहरु नै
बगाउँदै, बगाउँदै
अनि त म
निराश बनेँ,
अनि सोंच्न थालें
त्यति सुन्दर जलपरीलाई
मेरो मनको दहले किन
अस्वीकार ग–यो भनी ?
म निरुत्साहित बनें
निस्तेज बनेँ,
र झोक्राउन थालेँ
अनयास………
एक दिन
मैले मेरो मनको
दहमा ठूलो अट्टहास सुनेँ
र क्षणभरमा नै
मेरो मनको दहबाट
एउटी कुरूप स्त्री निक्ली
अनि भन्न थाली,
तँ भ्रममा छेस्
जसलाइ तैंले सुन्दर
जलपरी ठानिस् त्यो
वास्तवमा माया जाल थियो
त्यो तेरो भ्रम थियो
अब हेर मेरो असली रूप भनेर
चिच्याउन थाली
म झसङ्ग बनेँ
मेरो शरीर पसिनाले नित्थ्रुक्क
भिजेको रहेछ
वास्तविक्तामा आउँदा त
सपना पो रहेछ……
अनि अर्कोपटी कोल्टे
फेरेर सोँच्न थालेँ
हो….. यो त सपना रहेछ
तर मेरो वास्तविकको
त्यो कालो छाँया पनि
सपना नै भैदिए त
साययद म यो जूनीलाई
अर्को अवतार नै मान्थेँ हुँला
यसरी हिजोआज म,
सपना र बिपनाकी
कालो छायाँ र छली जलपरीबाट
त्रसित छु, लाचार छु
अनि,
आफ्नै अबोधपनसँग
आजित छु
रचना: अप्रिल १०, २०१०