मधुमासमा मन जल्यो

श्याम खानेल
ओहायो, अमेरिका

वैशाखी-मधुमासमा  मन  जल्यो बूझाउनू के गरी ।
मेरो  गाउँ  र  देश  दूर  विरहीको  वेदनाले  गरी ।।
यो वेला  नव  पाउला र पहरा, डाँडा, पखेरादिले ।
आऊँदैछ कि पो भनेर  विचरा  हेर्दा हुनन् आशले ।।१।।

आऊला कि भनेर चाँप र गुराँस्  बाटो विचार्दै हुनन् ।
नौ रंगी छरि फूल  वासन  भरी  डाँडा  सिँगार्दै हुनन् ।।
काहाँ छौ नि!  भनी वनै-वन नजर्दीनन्  दिदी बैनिले ।
यस्तै प्रेम छटा  दिँदै कुन-कुना चार्ली नि! वासन्तिले ।।२।।

हिन्थेँ ढाकर ली बजार म, अघी त्यो  दीनको यादले ।
बाटो तेहि  कुरी  विचार  गरँदी  साँगूरि  भन्ज्यांगले ।
नौलो साल पुरानु याद हुन गै झन् कोइली  वन् महा ।
घन्काई कन  तानमा नि  विचरी रूँदै हुँदी  हो त्यहाँ ।
रातैमा  पनि  गोलसीमल  चरी  आलाप  गर्दी कति ।
यै सम्झी मन  जल्छ निष्ठुर वनी वैशाख  आए जति ।
यै सम्झी मन जल्छ निष्ठुर वनी  वैशाख  आए जति ।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *