मन दुखेको बेला

कवयित्री
कवयित्री

भूमिका दुलाल अधिकारी
युटा, अमेरिका

पलपल हरपल दुखिरहन्छ यो मन मेरो आज भोलि,
मन्त्र जस्तै यी कानमा गुञ्जिदिँदा तिम्रो बोली ।

ज्यान मात्र छोडी तिमीले मन सँगै लग्यौ कि त ?
अदृश्य भई मलाई हेर्न मेंरै सामु घुम्छौ कि त ?

अँगालेर तिमीलाई यही जीवनमा एक पल्ट
रुन पाए मनको बोझ केही हल्का हुन्थ्यो कि त?

कति भुलौँ भन्दा पनि नसकिने तिम्रो यादमा
रोईरोई सधैँभरि यो जीवन बिताइदिऊँ कि त?

तिमीसँग गर्ने क़ुरा धेरै गुमेस् मन भित्रभित्रै
यिनै क़ुरा समेटेर तिम्रो शालिक़ बनाइदिऊँ कि त ?

तब झनै आइदिँदो हो झझल्को तिम्रो आँखैभरि
त्यही झझल्को समेटेर यो जीवन कटाइदिऊँ कि त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *