मरण स्मरण

डिल्लीराम विष्ट
अस्ट्रेलीय

कालले झुकाउनु अगि झुक्न सिकौँ
आफ्नो कुकर्मदेखि फुक्न सिकौँ
कुकर्मबाट अब चुक्न सिकौँ
काल सम्झी अब फेरि अघि झुक्न सिकौँ
अन्तिम घडीमा जब पुस्तक फुत्तछ
उसै बखतमा कालले कर्मीलाई ढुक्दछ
तितो, पिरो, अमिलो भन्न पाइन्न
राम्रो नराम्रो मकन अब चाइन्न
आफू कमजोर भएको हुँदामा
त्यही घडी कालले अनि छुँदामा
गरेका कुकर्म मकन चाइन्न
भन्दा अन्तमा पर्ख भन्न पाइन्न
कर्मको पुस्तक फरर फुक्दामा
काल सामु आफू त्यसरी झुत्तामा
लेख्ता कर्मको पुस्तक राम्रो लेखौँ
हरेक पाइला टेक्ता नियालेर टेकौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *