मातृभाषा

कुबेर कुईकेल  ‘भुवानेटारे’
अमेरिका

टोपी उच्च हिमाली त्यो गोर्खाली शिर मान्दछौँ
नेपाली जब भाषाको गरिमा उच्च जान्दछौँ
मौरिको महझैँ मीठो स्वाद छ शब्द शब्दमा
सुधा साहित्यको स्वाद नेपाली लेख देखमा

पहिचान पहाडीको टोपीमा खुकुरी रत्न त्यो
आफ्नै गौरभ भाषा हो छातिमा भक्ति यत्न यो
धरती धरणी नै हो सिमाना रोक शक्तिको
भाषामा चाँदनी यस्तो छिचोल्ने छेक राज्यको

सिमाना पुर्वमा धेरै पश्चिममा कतै ध्वनि
भाषाको सूत्रले एक नेपाली जन छौँ धनी
मीठो राम्रो छ पृथ्वीमा हाम्रो भाषा कतै पनि
ज्ञानले मातृभाषाको छन् विश्वमा सबै धनी

भाषामा बल हाम्रो छ काटे नाका कतै पनि
नेपाली शब्द बोली नै हाम्रो गैरव हो अनि
बिहानी सूर्य झुल्किन्छन् सुनेर शंखको ध्वनि
नेपाली शब्द गुन्जन्छ आरती मन्दिरमा अनि

फुटेका मास दाना झैँ पृथ्वीमा छरिए पनि
गोर्खाली स्वाद सब्जीमा नुन जस्तै मिले अनि
सुरक्षामा सिमानाको सेना जवान वीर छन्
लिपि भाषा सुरक्षामा सेना कलम वीर छन्

अनुष्टुप छन्द 

Leave a Reply

Your email address will not be published. Required fields are marked *