मायामा धोका
मोहनकुमार राई
नेदरल्याण्ड
नेदरल्याण्ड
तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई,
प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई।

आएथ्यौ बिपनीमा परी बनी तर गयौ मेरा हरेक सपना लुटी,
विवश बन्दै भक्कानिएर रोई हिडछु यी नयनका आँसु सुकाई।

नहोला तिमीलाई कठिन हाम्रा अतीतका रमाइला पलहरू भुल्न,
जीवन्त लेखी राख्नेछु म त हाम्रा सारा कथा ह्रदयका पाना खुलाई।

दोबाटोमा अलपत्रै छाडी राख्यौ मलाई निष्ठुरी मोरी तिमीले,
युगौँ साटेको हाम्रो माया नाटक लाग्नु तिम्रो त्यो निर्दयी बुझाई।

घटेको छैन तिम्रो विश्वास अझै पनि कसले देख्ने आत्मा रोएको,
अनेकौँ सपनाहरू सजाएथें मनमा पूरा नहुँदै टाढियौ मलाई रुवाई।

निःशब्द हुन्छु बिपना मेरो सपना भइदिए अँगालो कसी रोई दिन्थे,
शुभकामना तिमीलाई झार्नु नपरोस् एक थोपा आँसु म देखी पछुताई ।