माया

मोहन कुमार राई/ नेदर्ल्याण्ड

मध्य दिनमा प्रेमको सपना देख्ने म मान्छे,
मस्त निद्रामा प्रेमको कथा लेख्ने म मान्छे,
तिम्रो यादमा न तड्पिएको कुनै दिन याद छैन
तिम्रै लागि भनी धर्तीमा पाइला टेक्ने म मान्छे ।

स्वच्छ अनमोल प्रेमको भारी बोक्ने म मान्छे,
मनको त राजुमा हाम्रो माया जोख्ने म मान्छे,
पत्थर दिलको कठोर हृदय भएको म होइन,
घायल मुटुको पाना फोरी माया पोख्ने म मान्छे ।

शब्दमा खुल्न नसकिने यो माया,
मनमा भुल्न नसकिने यो माया,
केवल तिम्रै लागि साँचेको जोबन,
पैसामा असुल्न नसकिने यो माया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *