मिस कल

विश्वास लामा/ केनेडा गजलकार रातको ९ बजिसकेको थियो । घरका सबै सदस्यहरू आ-आफ्नो कोठा तिर सुत्न लागेका थिए । छिमेकी दिदीको बच्चा रोइरहेको पनि प्रस्ट सुनिन्थ्यो । घर बाहिर हल्का कुकुरले भुकिरहेको पनि सुनिन्थ्यो । केही मानिसहरूको आवाज पनि उतिकै सुनिन्थ्यो । यी दृश्य अनि संबादहरु प्राय जस्तो दैनिकी नै भएको थियो । म भने एउटा मैनबत्तिको साहारामा प्रकाश कोवितले लेख्नु भएको देउता उपन्यास पढिरहेको थिएँ ।
म सुत्ने कोठा भित्र केही अरू साहित्यिक पुस्तकहरू पनि थिए ! त्यो बेला उपन्यास पढ्नेको अर्कै माहोल थियो ! मलाई जति लेख्न मन पर्थ्यो त्यो भन्दा धेरै पुस्तकहरू पढ्न मन पर्थ्यो ! मैले धेरै पुस्तकहरू खरिद गरेकोमा प्राय जसो आमाबाट गाली खानु पर्थ्यो ! तर, त्यस्तै केही साहित्यिक कार्यक्रमबाट पुरस्कृत हुँदा सबै भन्दा धेरै खुसी आमा नै हुने गर्थिन !

लगभग रातको १० बज्न लागेको थियो ! मैले केही हरफहरु पढेर सिध्याएको थिएँ ! मैन बत्ती पनि घटेर सानो भैइसकेको थियो ! लगभग म सुत्न लागेको थिए ! तेही बेला मेरो बुवाले किनिदिनु भएको एउटा नोकियाको साधा मोबाइलमा कसैको मिस कल आउछ ! मैले मोबाइल भ्राइबेशनमा राखेको थिए ! त्यस कारण सही समयमा मैले त्यो कललाई उठाउन सकिन !

मेरो मोबाइलको स्कृनमा हेरे ! त्यो मिस कल कुनै अपरचितको रहेछ किन भने नम्बर विल्कुल नयाँ थियो ! मनमा उत्शुक्ता भयो! त्यस पश्चात् मैले कल गर्ने निर्णय गरे, तर तेही बेला मलाई थाहा भयो कि मेरो मोबाइलमा पैसा सिधिएको रहेछ ! मैले कल गर्न असर्मर्थ रहे ! भोलि बिहान तिर गर्छु भनेर यो मनलाई सम्हालेर म सुत्न तिर लागे !

बिहानको ५:३० भई सकेको थियो ! कुखुराको भालेले बास्न थालिसकेको थियो ! केही छिमेकी दिदीहरू जर्किन बोकेर पानीको धारा सम्म जादै गरेको आवाज सुनिन्थियो ! दाउरा बेच्न आउनेहरुको पनि आवाज सुन्थियो ! म हात मुख धुन भनी आफ्नो बिस्तरबाट उठिसकेको थिए ! त्यही बेला मेरो नजर फेरी आफ्नो साधा मोबाइलमा पर्न गयो ! मैले आफ्नो मोबाइललाई हेरे ! फेरी उही नम्बरबाट मिस कल आएको रहेछ ! त्यो बेला म भर्खर भुटानी शर्णाथी शिविर खुदुनाबारीमा रहेको बाल मन्चमा बाल सहजकर्ताको जागिर खादै थिए ! बिहान अफिस जाने तयारीमा थिए ! बुवा घरमा सानो किराना पसल चलाउनु हुन्थियो ! मैले काम सुरु गरे पनि पैसा वहालाई नै माग्नु परथ्यो ! बुवा एक सय रुपियाँ दिनुहोस न ? मैले अफिस हिड्न लाग्दा वहालाई भने ! हैन एका बिहानै पैसा किन चाहियो फेरी ? वहाले सोध्नु भयो, मैले मोबाइलमा रिचार्ज कार्ड हाल्नु छ भने, त्यस पछि वहाले केही नबोली पैसा मेरो हातमा थमाउनु भयो ! त्यस पछि म सरासर आफ्नो अफिस तिर लागे ! केही समय पछि मैले आफ्नो मोबाइलमा रिचार्ज कार्ड हाली दिए ! बाहिर हल्का घाम लागि रहेको थियो अनि तातो पनि फिल भई रहेको थियो, तर मन भित्र भने चिसो अनुभूति भई रहेको थियो ! खैर जे सुकै होस् भनी मैले कल गर्ने निर्णय गरे ! मोबाइलको रिङ्ग बज्न सुरु हुन्छ ! उताबाट हेल्लोको आवज आउछ ! एउटा अपरचित युवतीको ! मैले पनि हेल्लोबाट सुरु गरे ! कसलाई खोज्नु भयो नि ? वहाले सोध्नु भयो ! हैन मैले हजुरको नम्बरबाट मिस कल पाएको थिए त्यसैले बुझ्नलाई कल ब्याक गरेको नि ! मैले केही भूमिका नबाधी जवाफ दिए ! ए तपाईँ विश्वास लामा हैन ? हो त कसरी चिन्नु भो नि?, मैले प्रश्न गरे ! हजुरको नाम म बेला बेला केही एफ एम रेडियोहरुमा सुन्ने गर्थे ! राम्रो सायरीहरु लेख्नु हुदो रहेछ! अनि हजुरले पाथिभरा एफ एम को एउटा एस ए मेस कार्यक्रममा मित्रताको लागि नम्बर छोड्नु भएको रहेछ ! तेही भएर मिस कल गरेको थिए ! माफ गर्नु होला है सायद मैले तपाइलाई डिस्ट्रब पो गरे कि ! वहा भन्दै हुनुहुन्थियो ! हैन केही छैन यो त मेरो लागि खुसीको कुरा हो तपाइले मेरो सायरीहरु सुन्नु भएको रहेछ ! मैले भने, मलाई मित्रता गर्न चाहाने मान्छेको नाम चैँ के होला नि ? मैले प्रश्न गरे ! उताबाट जवाफ आउछ ! म अन्जली ! मैले वहालाई सुरुबाटै तपाईँ भनेर सम्बोधन गरे ! नाम त राम्रो रहेछ सायद मान्छे पनि मैले हल्का जिस्काउने मौका पाए ! उहा हास्दै हुनुहुन्थियो ! त्यस्तो राम्री त छैन म ! वहाले जवाफ दिई हाल्नु भो ! अनि मैले वहाको बारेमा बुझ्न चाहे ! मलाई बस यति मात्र थाहा भयो कि वहाको घर ईलाम रहेछ अनि पढैको सिलसिलामा दमक बस्नु भएको रहेछ ! वहाले मेरो बारेमा पनि सोध्दै हुनुहुन्थियो ! मैले बस यति भने म झापाको खुदुनाबारीमा बस्छु ! वहालाई मैले आफू शर्णाथी हु भन्ने कुरा गर्न सकिन ! यस कुरालाई मैले गोप्य नै राख्न उचित ठाने ! किन भने प्राय जसो मानिसहरूको नजरमा शरणाथीलाई हेर्ने नजर फरक थियो ! यसरी सुरु भयो हाम्रो मित्रता !

समय बित्दै गयो ! हामीहरू धेरै नजिक हुँदै गयौ ! वहासंग मेरो फोनमा प्राय कुरा भई नै रहन्थ्यो ! केही साथीहरूले पनि थाहा पाए ! अनि हाम्रो मित्रताको नामलाई प्रेमको नाम समेत भन्न पछि परेनन् ! म चुपचाप सुनी मात्र रहन्थे ! एक दिन मैले मेरो मिल्ने भाइ किरण जो सँग म धेरै नजिक थिए ! उसलाई अन्जलीसँग बोल्न लगाए ! उनीहरूको केही गफ पछि मैले किरणलाई एउटा गीत गाएर सुनाउन आग्रह गरे ! उ गीत गाउन मानिरहेको थिएन ! उताबाट वहाको पनि आग्रह आउछ ! त्यस पछि किरण गीत गाउन सुरु गर्छ ! केही समय पछि किरणको आवाज सुनेर वहा धेरै खुसी हुनु भयो र किरणलाई तारिफ पनि गरिरहनु भएको थियो ! यही गफगाफमा किरणले समेत जिस्काउन भ्याए ! तर, हामी बिच सिर्फ मित्रताको साइनो थियो ! म वहालाई बेला बेला मेसेज बक्समा मैले लेखेको सायरी पठाउने गर्थे ! वहा धेरै खुसी हुनुहुन्थियो ! यसरी समयले नेटो काटेको पत्ता नै भएन ! लगभग हाम्रो गफ भएको दुई वर्षा बित्न लागे छ , तर हाम्रो भेटघाट अहिले सम्म हुन सकेको छैन ! म वहालाई बेला बेला भेट्न अनुरोध गर्थे ! हामी आ-आफ्नो कार्य व्यस्तताको कारण भेट हुन सकिरहेको थिएन ! आजको दिन मैले मेरो हुर्केको ठाउ छोड्ने दिन थियो ! म तेस्रो देश पुनर्बाशको लागि क्यानाडा जादै थिए ! सबै साथी भाईहरु लगायत किरण, मेरो मिल्ने बुनु जुनु अनि फुर्बा दाइ बिदाइको अन्तिम हात हल्लाउन आउनु भएको थियो ! उनीहरूसँग छुट्नुको जति पिडा थियो ! त्यो भन्दा धेरै सायद अन्जलीसँग मेरो भेट नहुनुमा थियो ! मैले अन्तिम पल्ट आशुको बर्षातहरु छाडेर काठमान्डौ प्रस्थान गरे ! केही साथीहरूसँग गफ गरे पछि मैले अन्जलीलाई कल गर्ने निर्णय गरे र मैले राखेको गोप्य कुरालाई खोल्ने सोच बनाए ! उताबाट अन्जलीको आवाज आउछ ! हेल्लो, विश्वास कति धेरै समय पछि कल गर्‍यौ नि ! के छ खबर ? वहा सोधिरहनु भएको थियो ! मैले जवाफ दिए ! म सन्चै छु ! एउटा कुरा भन्नु थियो ? के होला ? वहाले प्रश्न गर्नु भयो ! मैले तपाइलाई एउटा कुरा लुकाएको थिए कि ! म एक शर्णाथी हु ! वहाले भन्नु भयो, के हुन्छ र हामी सबै मान्छे नै हौ ! यस्तो कुरा लुकाउन जरुरी थिएन, तर ठिकै छ तपाइले भन्नु भो ! मैले सुनेको थिए भुटानी शर्णाथीको बारेमा ! म तपाईँलाई भेट्न चाहन्छु ! वहाले भन्नु भयो ! त्यो बेला धेरै ढिला भईसकेको थियो ! मैले वहालाई भने अब हाम्रो भेट कहिले हुँदैन म काठमान्डौमा छु र म यहाँबाट क्यानाडा जादै छु ! वहा केही बोल्नु भएन सायद रुदै हुनुहुन्थियो ! मैले केही बोल्न खोज्दै थिए ! मेरो मोबाइलको बेट्रि सिद्धिएको रहेछ र बिचैमा फोन काटियो ! मैले मोबाइल चार्जमा राखे ! केही समय पछि थाहा भयो मेरो मोबाइलको चोरी भईसकेको रहेछ ! सबै अपरचित थिए मेरो लागि कहिँबाट पनि पत्ता लगाउन सकिन ! मैले काठमन्डौ मै आएर सबैको नम्बर डायरीमा राख्ने सोच गरेको थिए जुन अधुरो भयो मेरो लागि ! एउटा अपरचित मान्छेसँग म परिचित थिए ! टाढा थिए र पनि नजिक थिए ! वहा कस्तो देखिनु हुन्थियो त्यो त थाहा भएन तर म आफै कल्पना गरेर अन्जलिको चित्र मेरो आखाको क्यानभासमा कोरीसकेको थिए ! मेरो जीवनको मिस कल सधैको लागि मिस भएर गयो ! तर कहिले बिर्सन नसक्ने अमिट सम्झनाका कोसेलीहरु दिएर गयो ! मलाई बस यति मात्र थाहा छ ! तिम्रो मिठो मुस्कान अनि तिम्रो नाम अन्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *