मृत्युदण्ड र राज्याभिषेक

लोक कथा संकलक
इन्द्र प्रकाश खवास
अमेरिका
  धेरै वर्ष अघि एकादेशमा एक जना राजाले राज्य गर्थे । राजा धेरै बुद्धिमानी र शक्तिशाली पनि थिए । राजाको सन्तानमा एक जना गौरीपुर नामका राजकुमार थिए । राज कुमार १० कक्षमा अध्ययनरत थिए । राजकुमारको उमेर १६ वर्ष पुगेका थियो । राज कुमार बाल्यावस्थामा नै ज्ञानी र बुद्धिमानी थिए । राज कुमारको मिल्दो जुल्दो आफ्नै राज्यको भैरव सिंह नामक साथी थियो ।
  यसरी राज कुमार र गाउँले साथी भैरव सिंह दुवै एउटै विद्यालय एउटै कक्षामा भएकोले विद्यालय जान आउन सँगसँगै  गर्थे । एक दिनको कुरा विद्यालय जाँदै गर्दा एउटा दोबाटो देखा पर्‍यो । राज कुमारले भने यो बाटो देखी जाँदा पनि हाम्रै विद्यालय पुगिन्छ होला यो बाटोबाट जाऊ होइन ? ती दुवै त्यो बाटोबाट विद्यालय जान लाग्थे ।
  यसरी राज कुमारको कुरा गाउँले साथीले नकार्न सकेन । र दुवै दोबाटोबाट हिँड्न लाग्थे । जाँदा जाँदै कहाँ पुगियो भन्ने कुरा दुबैलाई थाहा नै भएन । ती दुवै जना आफ्नो राज्यबाट अर्कै राज्यमा पसिसकेका थिए । यसरी सधैँको जस्तो आज पनि डाँडामा घाम बसी सकेको थियो । गोधुली साँझ परी सकेकोले अब कहाँ जाने कता जाने भने कुराले दुवै जना हतोत्साहित भई सकेका थिए । अब आएको बाटो पनि हरायो । झमक्क साँझ पर्‍यो ।
  यसरी ती दुई विद्यार्थी बालकहरू अलानतार परे । गाउँले विद्यार्थी साथीले रुखमा चढेर चारैतिर हेर्यो । धेरै पर एउटा सानो बत्तीको उज्यालो देखेर राज कुमारलाई भन्यो । त्यहाँ पर बत्तीको उज्यालो देखियो हामी त्यतै तिर जानु पर्छ । यसरी ती दुवै बत्तीको उज्यालो तर्फ लागे। बत्ती बलेको ठाउँमा पुगेर हेर्दा त्यो घर स्वर्ग पुरी भन्दा पनि सुन्दर र रमाइलो देखिन्थ्यो । तर त्यो घरमा मानिसहरू कोही देख्दिन्न थिए ।
   केही छिन पछि एक जना सुन्दरी देखा परिन । ती सुन्दरीले भनिन् कति राम्रा सा–साना भाइहरू यती राती कहाँबाट आई पुगे । आऊ यता बस । भन्दै ती सुन्दरी घर भित्र कोठामा पसिन । यसरी धेरै  थकित भएको कारणले राज कुमार थकाई मेट्न पलङमा बसे । गाउँले साथी केही सोचाइमा परेर घर बाहिर हेर्दै थिए । अचानक एक जना सेतो सारी सेतो मजेत्रोले मुख ढाकेकी यसो हेर्दा  विधवा स्त्री जस्ती परेकी केही आपत् परेर कुदेको जस्तो देखेर गाउँले साथी तिनी स्त्रीको पछि–पछि जाँदा खोलाको किनारमा एउटा साधुको कुटी रहेछ त्यो साधुको कुट्टीमा गएर ती स्त्री पसिन ।
  म पनि लुक्दै–लुक्दै गएर हेर्दा ती महिला र साधु अनैतिक व्यवहार गर्दै गरेको देखे यस्ता पातकीहरूले नै देश र समाजलाई अधोगति तिर लैजाने भए  भन्ने ठानेर ती स्त्रीको नाक र कान काटेर ढुङ्गामा राखी दिएको छु । र ती पातकी साधुको पनि टाउको काटेर ढुङ्गामाथि राखिदिएको छु ।
  यसरी फेरी म मेरो साथी भएको ठाउँमा आइ पुग्दा मेरो साथीलाई दुई वटा सर्पले डस्न आँटेको देखेर मैले त्यो दुई वटा सर्पलाई काटेर मारी दिएँ । र त्यो दुवै सर्पहरू मेरो साथी सुतेको खाट मुनी तिर खसेको छ । जाडोको महिना यतीकैमा म फेरी तातो चिया पानीको खोजीमा बाहिर निस्केर हेर्दा केही पर बत्तीको उज्यालो देखियो । अनि म त्यो बत्तीको उज्यालो तर्फ लागेँ । त्यहाँ त तीन चार जना मानिसहरूको अनौठो कुरा सुनियो ।
  उनीहरू भन्दै थिए । यो राज दरबारको सुन चाँदी हिरा मोती सबै हामीले ल्याइ सक्यौँ । अब हे कालीका मही हामीले मागेको माग पुरा भयो । ‘अब राज कुमारी ल्याएर भोग बलि दिने छौँ’  भन्दै ती मानिसहरू कालीका मन्दिरबाट बाहिर निस्के । त्यो बेला मलाई यस्तो लाग्यो की यिनीहरू पक्क अपराधी डाँका हुनु पर्छ । नत्र भने यिनीहरूले यस्तो कुरा गर्ने   थिएनन् । यिनीहरूलाई मार्दा केही हुँदैन होला भन्ने ठानेँ । तिनी मानिसहरूले केही छिन्नैमा सुनको पलङ्गसंगै  राज कुमारी लिएर  आई पुगे ।
   त्यही खेर पनि राज कुमारी मस्त निन्द्रा नै थिइन । यसरी तिनी अपराधी डाँकाहरूले राज कुमारीलाई कालीका मन्दिरमा भोग बलि दिन ठिक परे । मन्दिरको ढोकामा एक जना पाले, एक जना धुपौरे , एक जना मार  हान्ने, अर्को जना पुजारी यसरी सबै जना तयारी भए । मैले सोचेँ यिनीहरूलाई मार्दा मलाई केही नपर्ला भन्ने ठानेर दुवार पालेलाई पहिला , दोस्रो मार हान्नेलाई , तेस्रो धुपौरेलाई ,चौथो पुजारीलाई यसरी सबै जनालाई पालैपालो मारी दिएँ ।
  यतीकैमा राज कुमारी चिच्याएर उठिन । ‘मैले उनलाई भनेँ नचिच्याऊ नत्र तिमीलाई पनि काटी दिनेछु ‘।  राज कुमारीको हातमा समातेर तिमीले यो कुरा कसैलाई नभन्नु । ‘अन्तिम अवस्थामा हामीलाई केही साह्रो पर्ने भयो भने मात्र यो कुरा भन्नु’ भनेर मैले राज कुमारीलाई उनको राजदरबारसम्म  पुर्‍याएर छाडेको छु । म मेरो साथी सुतेको ठाउँमा आउँदा यसले यो सुन्दरीलाई मारे छ  भनेर मेरो साथीलाई पनि पक्राउ गरेछन् । यसरी मलाई पनि देख्ने बित्तिकै यो पनि यसको मतियार हो भनेर मलाई पनि पक्राउ गरे ।
  एकै छिनमा  विधवा स्त्रीको कसले नाक कान काटी दिए छ  भन्दै ती विधवा स्त्रीलाई पनि त्यहाँ ल्याइयो । खोला किनारको साधुको  कुटी देखी पनि साधुको दुई टुक्रा भएको शरीर त्यहाँ ल्याइयो । त्यही बेला कालीका मही मन्दिरका पुजारी आएर महाराज हाम्रो कालीका मही मन्दिरमा त खुट्टा राख्ने ठाउँ छैन । त्यहाँ त सुनको पल्ङ्ग सून चाँदी रुपीया पैसा र चार जना मानिसको लास लडिरहेको छ । मन्दिरका पुजारीले राजालाई उजुरी गरे ।
  यसरी राजाले उजुरी सबै सुने पछि तुरुन्त पालेहरूलाई त्यो सबै ल्याउन आदेश दिए । यसरी राजाले कैदमा परेका ती दुई केटाहरूलाई पनि यो केटाहरू पनि त्यही गुन्डाहरूको दलको हो रहेछन् । अरू सबै गुन्डाहरूलाई मेरो पालेहरूले मारे छन् । यो दुई जना केटाहरूलाई चाहिँ पक्राउ गरे छन् । यसरी राजाले नियन्त्रण गरी दुवै केट्टाहरुलाई फाँसीको सजाय  सुनाउँदै अन्तिम इच्छा सोधियो ।
   यसरी राजाले केट्टाहरुलाई सोधखोज गर्दा एक जना केट्टा उठेर भन्यो , ‘म लाहुने देशका जनता हो । वहाँ लाहुने देशका राज कुमार हुनुहुन्छ । हामी दुवै  विद्यालय जाने क्रममा बाटो बिराएर हजुरहरूको राज्यमा आई पुगेछौँ । रातीको कुरा हो । शरण खोज्दै आउँदा जङ्गलको छेउमा एउटा घर रहेछ । त्यो घरमा बास लिन जाने भनी यहाँ आई पुगियो । त्यो घरमा एक जना सुन्दरी बस्ती   रहेछिन् उनीसँग बास बस्ने अनुमति मागियो । तिनी सुन्दरीले हामीलाई बास बस्ने अनुमति दिइन । मेरो साथी त्यो बसेको ठाउँमा निदायो । म भन्ने उभिएर बाहिर हेरी रहेको थिए । एक जना सेतो लुगा लगाएकी महिला कुद्दै–कुद्दै ओरालो लागेको देखियो । अनि मलाई लाग्यो यिनी महिला किन यसरी कुदिन भन्ने लाग्यो । र म पनि उनको पछि–पछि  लगेको थिएँ । यसरी तिनी महिला कुद्दै–कुद्दै खोलाको छेउमा एउटा साधुको कुट्टी रहेछ । त्यो कुट्टीमा गएर पसिन । मैले धेरै बेर बिचार गरे ती साधु र ती महिला सम्भोग गरेर कुट्टी बाहिर निस्किन । मलाई यो पातकी काम हो भन्ने लागेर तिनी महिलाको नाक ,कान काटेर ढुङ्गा माथि राखी दिएको छ । साधुलाई पनि दुई टुक्रा पारी दिएको छु । यसरी म त्यहाँ देखी मेरो साथी बसेको ठाउँमा आउँदा ती सुन्दरीको नाकबाट दुई वटा सर्प निक्लियो र साथीलाई डस्न लागेको देखेर साथीलाई बचाउनको  लागी मैले त्यो सर्पलाई दुई टुक्रा पारी दिएँ ।
त्यो दुइटा सर्प लटपटिँदै खाट मुनी पसेको छ । जाडोको महिना आगोको खोजीमा म फेरी घर देखि बाहिर निस्केँ । केही पर एउटा सानो बत्ती बलेको देखिँदै थियो । म त्यो बत्ती बलेको तिर अगि बढेँ । म त्यहाँ पुग्दा तिन चार जना मानिसहरू भन्दै थिए । कालीका मही हामीले सोचे सम्झे जस्तोको तस्तै पुरा भयो । अब हामीले भाकेको भाकल पुरा गर्न राज कुमारीलाई ल्याएर भोग बलि दिने छौ । भनेर उनीहरू कालीका माहि मन्दिर बाहिर निस्के ।
  त्यो बेला मलाई यस्तो लाग्यो यो कुनै चिया पसल होइन रहेछ । यो कालीका माहि मन्दिर हो रहेछ । र यी मानिसहरू पक्का गुन्डा हुनुपर्छ । यिनीहरूलाई मार्दा मलाई केही गाह्रो नपर्ला जस्तो लाग्यो । केही छिनमा तिनीहरूले सुनको पङ्गकसंगै राज कुमारी ल्याए । यसरी तिनीहरूले सबै जना कोही दुवार पाले, कोही पुजारी , मारहाने धुपौरे , तिनीहरू सबै जना आ–आफ्नो कामको बाड्फाडमा र सुन चाँदीको ध्यानमा थिए । मैले त्यो मौकामा तिनीहरूलाई मर्न सफल भए ।
  त्यति खेर राज कुमारी चिच्याएर उठिन त्यो बेला मैले राज कुमारीलाई चुप लाग नत्र तिमीलाई पनि काट्टी दिनेछु भने त्यहाँबाट मैले राज कुमारीलाई हातमा समातेर राजदरबार छेउमा पुरियाई छाडि दिएको छु । यस विषयमा राज कुमारी को हुन उनीलाई सोधखोज गरे सबै कुरा थाहा हुने छ । केही कुरा भन्दा नभन्दा राज कुमारीले महारानीलाई सबै कुरा भनी सकेकी रहेछी ।’
  यसरी राजाले मृत्युदण्ड दिनुबाट मुक्त गरी मेरो राज्यमा यती धेरै बिग्नबाधा हुनबाट बचाई दिएकोमा राज कुमारी सहित आदी राज्य दिने महाराजले घोषणा गरी बक्सियो । यसरी राष्ट्र र राष्ट्रियता चलाउन राजा र महाराजा नै हुनु पर्छ भन्ने होइन । देशमा कुनै पनि देश बासीको बुद्धि, विवेक, विद्धताले देश र जन्ताहरुलाई शान्ति सुरक्षा दिन सक्छ भन्ने । जुनै पनि त्यस्ता व्यक्तिले राज्येको अभिभार अङ्गाल्नु सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *