मेरो यात्रा
जित बा. पौडेल
न्यूवो, डेनमार्क.
मेरो यात्रा
हुँ ! म एक अथक यात्रु
यात्रा अझै रोकिएका छैनन्।
कैईयौं दिन अघि; (1991) ताका
उठाएका मेरा पाइलाहरू
अझै रोकिएका छैनन्।।
कहिले शरणार्थी हुँदै
आज युरोपको देशमा।
न भाषा मिल्छ, न त भेष नै
न धर्म र संस्कृत नै ।।
ए! अथक मेरा पाइलाहरू
कहाँ गएर आफू विश्राम गर्ने होला…..?
हिजो “म” आफ्नै नागरिकता
लुटिएको/खोसिएको “मान्छे”।
आज देश-विहीन (statslos/stateless)
मा जीवन गुलामी गरिरहेछु।।
आफ्नै यो पापी पेटको लागि
दैनिक “भाँडा” माझ्ने काम गरिरहेछु।
“म” अर्काकै गुलामी गरिरहेछु
नथाक्ने पाइलाहरू चालिरहेछु।।