मेरी प्रेमिका(My Girlfriend)

टेक भण्डारी,                                                                                                           VALENTINE’S DAY SPECIAL
अष्ट्रेलिया 

सिरसिर चलेको बतास,
पहेलो फुलेको तोरीबारी,
अनि हावाले उडाएको पछ्यौरी,
(background मा Violin को Music.)
आहा…. मायाले भरिएका बेलुनहरु उडाउँदै,
हरियाली धर्तिको काखमा,
तिमी मुस्कुराउँदा लाग्छ,
आज सारा धर्ति नै प्रेममय बनेको छ।
यो प्रेम कति अनौठो हुुन्छ है?
यसरी तिमी प्रेमको सुवास छर्दै मुस्कुराउँदा,
म भने गुलाबका फुलहरूको स्पर्श लिइदै,
तिमीलाई सुस्तरी सुस्तरी चिहाई रहेको हुन्छु,
कति मिठो हुन्छ है यो प्रेमको बन्धन,
न त यसलाई कुनै धागो चाहिन्छ न त कुनै डोरी।
त्यही पनि तिमी सगै बाधिएको छु म।
शान्त छौ सागर जस्तै,
निष्चल छौ नदी जस्तै, प्रिये,
आज यो प्रणय दिवसको अवसरमा,
ह्रदय भरीको माया र HAPPY VALENTINE’S DAY भन्न चाहन्छु।

प्रिये,
तिम्रा हरेक सम्बोधन गरिएका शब्दहरुमा,
कति मिठासपूर्ण भावनाहरु छन् ,
आदर, त्याग अनि कति समर्पणहरु छन्,
म ई मेरा सापट लिएका शब्दहरुले ब्याख्या गर्न सक्दिन ।
तिमी त हिमालकी छोरी,
सेताम्मे चाँदी रंगका हिमका डल्लामा हुर्कीएकी छोरी,
तिम्रो अनुहारमा चम्केको चमकले भन्छ,
तिमी सुर्यमुखी हौ, तिमी अप्सरा हौ,
तिमी स्वर्गकी परी हौ,
हरेक तिम्रो बोली बचन सुन्दा लाग्छ,
तिमी कति कोमल छौ,
कति दयालु ह्रदयकी छौ,
मेरा पिडाहरु,
अनि यो मेरो छातीमा लागेको घाउ,
तुरुन्तै निको पार्न सक्ने,
त्यो तिम्रो मुखारबिंदुबाट निस्किएका कोकिल बाडीहरु मलमयुक्त छन।
तिमीले एक शब्द मात्रै बोल्दा पनि,
यो छातीको दुखिरहेको घाउ संचो भएको अनुभव हुन्छ।
कति कोमल अनि दयालु हृदय तिम्रो?
मैले बोलेका प्रत्येक शब्दहरू,
नियालेर मेरो पीडा अनि दुःखेको घाउ तुरुन्त छाम्न सक्ने।
…………. जीवन सङ्घर्षको क्रममा मरुभुमीपूर्ण उकाली ओरालीहरुमा,
लगातार यात्रा गर्दा भेटिएका काँडेतार,
र क्याक्टसहरुले चिथोरेर रक्ताम्य भएको मेरो चहर्याएको घाउमा,
तिम्रा शीतल बाणीहरुले तत्काल मल्हम लगाउन सक्ने,
रोई रहेको मेरो यो अतृप्त मनलाई,
बिचारको माध्यमद्धारा तत्काल हँसाउन सक्ने,
तिम्रो नि:स्वार्थ माया,
मोहिनी रूप र अथाह खुबीहरु बिच,
थाहै नपाई सुस्त सुस्त,
म तिम्रो मायाँको छाहारीमा ओत लाग्न पुगेछु।
त्यसपछि तिमी मेरी प्रेमिका बन्न पुगेग।
हो तिमी मेरी प्रेमिका। You’re my Girlfriend.
तिमी आजकल मेरो जिन्दगीको एक पात्र बनेकी छौ,
तिमी मेरो धड्कन बनेकी छौ,
तिमीसंग कुरा गर्न थालेदेखी धेरै परिवर्तन भएको छु म,
तिम्रा हरेक तस्वीरहरु पल्टाएर हेर्न थाले,
तिम्रा हरेक स्टाटसहरु कोट्याएर पढ्न थाले,
अनि ति तस्वीरका कोण कोणमा,
ति स्टाटसका शब्द शब्दमा ,
मैले… आफ्नै कथा देख्न थाले,
आफ्नै ब्यथा भेट्टाउॅन थाले।
तिम्रो कथामा मेरो कथा पाए,
अनि तिम्रो ब्यथामा मेरो ब्यथा पाए।
यो कसरी सम्भब भयो ?
कथा एउटै, ब्यथा एउटा,
हरेक दुख पिडाहरु एउटै,
त्यसैले आजकल- तिमी एक बिस्वासीलो पात्र बनेकी छौ,
तिमी मेरो लागी हौसला बनेकी छौ,
साँच्चै तिमी मेरो लागि हौसला बनेकी छौ।
त्यसैले त प्रिये Happy Valentine’s Day, Happy Valentine’s Day.

Leave a Reply

Your email address will not be published. Required fields are marked *