मेरी प्रेयसीलाई

इन्द्र प्रकाश खवास 
अमेरिका
आँखाको नानी भित्र पौरी बस्छ तिम्रो रूपको छाया
मुस्कानमा नजर बस्यो हृदयमा माया ,

माझी भई डुङ्गा खियाउँछु गोधुली त्यो साँझ
रात दिन झल्को आउँछ दुई मुटुको माझ।

कहाँ खोजौँ तिमीलाई कसलाई सोधौँ अब ,
उदास भयो जिन्दगी यो संसारमा सब ।

रुँदै हौली मलाई सम्झी अहिले यती बेला ,
तिम्रो नाम ठेगाना मलाई कसले देला ।

खोजी देऊ हावा खोजी देऊ पानीलाई ,
खोजी देऊ आँधीबेरी मेरी प्रेयसीलाई !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *