मेरो देश

काँशी लामिटारे
ओहायो, अमेरिका

तीनसय वर्षाको कलिलो मेरो देश
सामाजिक र आर्थिक विकासको
फड्को मार्दै आर्थिक स्वतन्त्रता
हासिल गर्न सफल, किन नगरोस् पनि ।
जब राजनैतिक चेतनाको
विकास नागरिकहरूमा पर्दै जान्छ
तब व्यक्तिको सोच्ने
शक्तिको क्षमतामा पनि वृद्धी हुन्छ ।

मेरो देशले पनि आरु जस्तै
गरिबीको सिकार हुनुपर्‍यो,
राजनीतिकको पिडा झेल्नु पर्‍यो ,
जनयुद्धको मार खेप्नु पर्‍यो र
समय प्रतिकुल बारम्बार
प्राकृतिक प्रक्रोपक़ा
नाम आएकाको स्याण्डीको
तहस नहसले गरेको विपत्ति,
फ्लोरेन्स र माइकल हरिकेनले
गरेको मानवीय र आर्थिक क्षति
कसले स्विकार्न सक्छ र ?
तर साहसी छ मेरो देश
हिजोको बगरलाई
नयाँ सहरमा परिणत गर्दै
सङ्कट र अभावमा पिसोल्टिएकाहरुलाई
सबल नागरिकको दर्जामा
राख्न सफल मेरो देश ।

ब्रिटिस साम्राज्यावादले
उपनिवेश नबनाएको मेरो देश
क्याम्प फायरले खरानी
बनाएर पनि बस्ती बसाल्न
सफल मेरो देश
त्यसै कारणले होला आर्थिक
संवृद्धि हासिल गर्दै
पुँजीवादको भाषा बोल्ने मेरो देश ।
आप्रवासीको उत्त्गम स्थल भए सँगै
निमुखा र आशयहरूको मेरो देश
सेवा नै धर्म हो भन्दै मानवताको
खोजी गर्ने मेरो देश ।
परराष्ट्र बाट आएकाहरूले
मेरा गोदाम बाट आर्जेको
दोल्लरले उनका परिवारलाई धान्न
सफल मेरो देश ।

यदि मैले पनि तिम्रा उद्द्योगहरुमा
आर्जेको पैसा तिम्रा स्टोरमा
लामबद्ध भएर मेरो देश
पठाउँदा कस्तो हुन्थ्यो होला तिमीलाई
मलाई थाहा छ
तिमीले हडताल गरेर
देश बन्द गरेको
सागर र हिमालको नामले मच्चाएको
आतङ्क, मलाई त्यो पनि थाहा छ
मेरो देशको पौरख र स्वाभिमान
तिमीलाई सहय हुँदैन भनेर
किनकि तिमीले साम्यावादको
नाममा हिंसालाई रोज्यौ
मलाई यो पनि थाहा छ कि
तिमीले हिजो खाएको
शपथ ढोँग मात्र हो भनेर
किनकि तिमीले हिजो
आर्जेको राष्ट्रको गौरवलाई
स्वतः भुलेर मलाई प्रवासको
सङ्केत गरिरहँदा लाजले
भुतुक्कै हुन्छु म त ।
अब म तिमीलाई
राष्ट्र र मौलिकताको
मन्त्र घोटेर पिलाउन तसक्दिन
तर यौटा गम्भीर प्रश्न चैँ गर्न चाहन्छु ।

तिम्रो पहिचानमा
राष्ट्र, मौलिकता र माटो छकि छैन ?
छ भने किन राष्ट्र र माटोलाई भुलेर
मौलिकता गुमाउन चाहन्छौ तिमी ?
होइन भने म एक स्वरले भन्न चाहन्छु
मैले जे ल्याएँ त्यो मरो मौलिकता हो र मैले जे
पाएँ त्यो मेरो राष्ट्र स्वाभिमान हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *