मेरो मन
टीका ढुङ्गाना
विण्ड्सोर, क्यानडा
सुन चाँदी, हिरा मोती पाइँदैन सस्तो।
केही छैन संसारमा आमाको माया जस्तो।
कति सुन्दर फूलबारी उस्तै शीतल छाया।
कोपिला र थुँगा उस्तै बराबरी माया।
बगैँचामा फुल्छन् फूल अनेक थरी जाती।
घामले दिने दिनलाई साथ, जुनको हुन्छ राति।
कैले पानी कैले घाम प्रकृतिको फेरो।
अघि बढे लाग्छन् मान्छे खुट्टा तान्ने घेरो।