मैंले स्मरण गर्नु पर्ने
टीकादत्त धिताल
न्यूयोर्क, अमेरिका
ल्यायौ मानस वृक्षको फल दिने शौभाग्य सारा लिई
छौ प्रातस्मरणीय लौ अब भनी माता पिता सम्झिएँ |
बाटाका परिपूर्णता भारिदिने द्रष्टा बिधता गुरु
लाग्यो निश्चल पूर्ण बिम्ब गतिको सत्प्रेरणा सदगुरु ||
श्रष्टा हौ गुण पो तिरी नसकिने मीठा लगानी बुझी
तिम्रा स्वर्णिम सृष्टी सज्जन सहजै अपुर्णमा यो जिन्दगी |
त्यस्तै भाग्य दियौ मभित्र सजिलै भूटान छोरो बनी
पाएँ जन्मन हो ! सगर्व हँसिलो अस्तित्वमा मै पनि !!