म एउटा पत्रकार

डम्बर ओस्ती / क्यानाडा

म एउटा पत्रकार
राष्ट्र र समाजको प्रतिनिधि
सुचना र समाचारहरुको स्रोत
राष्ट्रको चौथो अंग
तर यथार्थमा,
खोइ त रष्ट्रियता ? ? ?
हातमा कपी र कलम लिएर दौडिरहन्थें
सत्य र निश्पक्ष समाचारको खोजिमा
तर बिडमबना !!!
यतिखेर म आफैं
अरुको समाचारको स्रोत भइरहेछु !!!
सामाजिक अपराध र विकृतिलई उजागर गर्ने
असल समाजको परिकल्पनाकार म
सभ्य र सुन्दर समाजको संवाक/निर्माता म
यद्धपि आज-भोलि म आफैं
नयाँ संस्कृति र सभ्यताको पाठ घोकिरहेछु
अनौठा दृश्यहरु क्यामरामा कैद गरी
विश्वभर फैलाउथें
सुन्दर शब्दहरु सजाएर
विश्वलाई हसाउँथें,
तर यतिखेर,
मेरा आफ्नै तस्वीरहरु…
मेरा आफ्नै बारेका शब्दहरु…
छापिरहेका छन् पत्र-पत्रिकाहरुमा
मुख्य समाचारका साथमा,

म एउटा पत्रकार !
राष्ट्र र समाजको प्रतिनिधि
सुचना र समाचारहरुको स्रोत
राष्ट्रको चौथो अंग
तर यथार्थमा,
खोइ त राष्ट्रियता ? ? ?

One Reply to “म एउटा पत्रकार”

  1. Marie

    यहाँले राष्ट्र नै बोकेर हिँड़्नु भएको छ-ढुकढुकी छामेर हेर्नुस त, तपाईँको छातीभित्र छ राष्ट्रियता ! किन फिक्री गर्नुहुन्छ ! तपाईं जहाँ भए पनि राष्ट्रियता सँगै रहनेछ तपाईँको भावनाले त्यसलाई नत्यागेसम्म ! आखिर राष्ट्रियता वा राष्ट्र भन्नु पनि निहित लोलुपता…आशक्ति र अतृप्त लालसाहरूको भण्डार त रहेछ निः राष्ट्र भनेको पनि एउटा भावनाकै उपज त रहेछ निः ! बेफिक्र रहनुस्, जीवनयात्रामा, कर्तव्यपथमा अघि बढ्नुस, यही शुभकामना नववर्षको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *