म एक पर्देशी

कवयित्री
कवयित्री

हेमन्ता आचार्य
सिड्नी, अष्ट्रेलिया

आएको थिएँ म एक ठूलो सपना बोकी
परिवार छोड़ी, घर खेत बन्दकी ठोकी
म एक पर्देशी !
राम्रो काम्मा लाउँछु भनेर
फुरुक्क फुर्काई ल्यायो,
आज त्यसले हरामीले
दलालका फेला पार्‍यो
म एक पर्देशी !
कलम समाएका ती हातले
झाडु र कुच्चो समाउनु पर्‍यो,
आमाले बनाएको त्यो कोदाको ढिँडो सम्झँदै
भोक भोकै रुनु पर्‍यो,
म एक पर्देशी !
दशैं आयो भन्छन् साथी
दशा आएजस्तो लाग्छ
आफन्त भेट्नलाई यहाँबाट
कहिले भागुँजस्तो लग्छ,
म एक पर्देशी !
तिहार आयो सधैंझैं
रमाइलो गरे सबैले,
आफू भने दिदी-बहिनीको
सम्झनामा मरें !
न त छन् आफन्त
न त साथी-भाइ
तीज आयो लौ मनाउँ खै
कहाँबाट ल्याउँ चेलीलाई ?
सम्झना आइरहन्छ ती
मैले दिएका बचनहरु
कहिले पूरा गर्छ भनेर,
बसेका होलान् परिवार र आफन्तहरु,
म एक पर्देशी !
मेरो पनि रहर थियो
राम्रो स्कूल जाने,
धेरै पढी सफल भई
ठूलो मन्छे हुने,
तर भएँ म एक पर्देशी !
सिसाझैं फुट्न लागे
ती सपनाहरु
पूरा हुन्छन् जस्तो छैन ती
इच्छा र चाहनाहरु
म एक पर्देशी !
होटलमा किनेको त्यो
एक बोत्तल बियरभन्द
आमाले बनाएको त्यो
तातो चिया नै मीठो
अर्काको देशको विकास गर्नुभन्दा
आफ्नै देशको विकास गर्नु राम्रो,
तर भएँ म एक पर्देशी !
यही छ कथा यही छ व्यथा
बिनम्रता पनि यही,
फर्केर जानु छ आमालाई भेट्न
एक्दिन म एक पर्दशी,
म एक पर्देशी !

One Reply to “म एक पर्देशी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *