म को हुँ ?

राधा काफ्ले 
क्यानाडा
म बाघ हुँ
सामु नपर
म सर्प हुँ
पर सर
म फ्याउरो हुँ
कान थुन
म कोइली हुँ
गान सुन
म गँडेउलो हुँ
आँखा हेर
म बुड्यानी हुँ
मान्ने गर
म हिमाल हुँ
अटलता निहाल
म घना जङ्गल हुँ
रमाइलो गर
म आकाश हुँ
सपना साँच
म पृथ्वी हुँ
आश्रय माग
म पुरुष हुँ
पुरुषार्थ जान
म नारी हुँ
शक्ति पहिचान
म लाभा हुँ
कोइला नठान
म सागर हुँ
नदीमा नगन
म असारे भेल हुँ
खेल नसोच
म भुमरी हुँ
सावधानी रच
म आमा हुँ
हेला नगर
म बाबा हुँ
अलपत्र नपार
म चेली हुँ
माया नमार
म माइती हुँ
आदर गर
अनि म मान्छे हुँ
मेलमिलाप गर
भेदभाव नगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *