म बसिरहेछु
माया / नर्वे
म यहाँ मेरो कोठामा बसिरहेछु
र हेरिरहेछु आफ्नै वरिपरि
यो ‘म’ हो
त्यसै बसिरहेको
त्यसले मलाई एक्कासी झड्का दिन्छ।
म यहाँ त्यसै बसिरहेछु,
जतिबेला
कंगोमा लडाइँ हुँदै छ
म बसिरहेछु
जतिबेला
धनी अझ धनी बन्दैछ
गरिब झन गरिब बन्दैछ।
म त्यसै बसिरहेछु
जतिबेला
कोही पीडित भएको छ
कसैलाई चोट परेको छ
कोही बलात्कृत भएको छ।
यहीँ बसिरहेछु
जतिबेला
जीवन आफैँ
कतै टाढा
भाग्दैछ/चिप्लँदैछ
हो यहीँ बसिरहेछु
म के गर्न सक्छु?
सोचेँ-
एउटा कविता लेखौँ
त्यसले सहयोग गर्यो ?
अहँ गरेन।
अझै यहीँ बसिरहेछु
जतिबेला
प्रत्येक सेकेण्ड
बालबालिकाहरु
भोक-भोकै मरिरहेछन्
म बसिरहेछु
किंकर्तव्यविमूढ़
कुनै दायित्व नलिई
जीवन नै भाग्दैछ।
नर्वेमा बस्ने एउटा मानव
म
किन्दैछु, खाँदैछु र फाल्दैछु
तर
कसैलाई
मलाईभन्दा ज्यादा आवश्यक छ
ज्यादाभन्दा ज्यादा
मेरा चिन्ताहरु त केही होइनन्।
म सोच्छु-
नर्वेको उपभोगका कारण
अरु कसैको
गाँस काटिँदैछ।
म त्यसै बसिरहेछु।
मूल अंग्रेजीबाट रमेश गौतमद्वारा अनुदित
Maya..receive literary salute from me first.
Great deed you have done.
Thank you for the fine piece of art of yours.
I read it and couldnot drop my eyes.
I equally thank Ramesh Bhai for translation.
Maya again I salute your emotion towards people like us. Let many people of your stature read our plight, and sense the depth of our wailing and thro’ words
nurse our unseen wounds ….wounds due to genuine cause.
Maayaa yeti maayaalu raichan
ki traasadipurna Congo chhaamna Congo pugdaa pani
aaphu Norwaymain raheko anubhuti gardi raichan
vastavik maayaa yestai huncha
Timi kimkartavyavimoodha haina kartavyaparayan chhyau
Maya,
मानिस-मानिसमा कतै कसैको विलासिता, अरुहरुको भोगाइ र विवशताप्रति हामी कत्ति अवाक र मुकदर्शक छौं हगी? कविताको सटीक विषय र मीठोभावको तरलता…बस्!! मेरो पनि सहमति छ है । कलम चलिरहोस् भावहरुको खोजीमा..कामनासहित ।
Khusi lagyo yo web site padera. yo pani lagyo ki hami jati nai tada puge pani Bhasa premi ko hatma Preko Shitya ko Kalilo Biruwa namarne rahechha. Ma pani Shityaprti dherai ruchi Rakhne manchhe hu . Badhai chha mero tarfa bata hai bhai ya ta dai, Uhi Bhutanese Nepali Cheli Indira Bhandari ( Nepal ma Camp: Goldhap)
MAYA gotta be SUPER-HEROIN in Nepali community through this wordpress. Ya, BOY BRING HER UP ………