“म र तिमी “
हरि पराजुली,
झापा- नेपाल
कष्टदायी बाँधिएका
किलादाम्लाहरु चुँडाएर
म नयाँ संसारको
नयाँ गाउँको खोजीमा लम्कें
जुन गाउँ एक आफैंमा स्वस्थ हुनेछ
जुन गाउँ एक आफैं रमाइलो हुनेछ
हुनेछ स्वर्गहरुको पनि स्वर्ग
बाधाहरु पन्छाएर म,
त्यतै लम्कदै छु,
मेरी प्रिय के तिमी,
मलाई हरपल साथ दिन सक्छौ ?
तिमी पनि मात्र चुला र चौकlमा होइन,
सीमित अवसर र कमसल मौकामा होइन,
बच्चा उत्पादन गर्ने यन्त्र मात्र होइन,
इतिहाश उल्टाउने अस्त्र बन्नुपर्छ
निरंकुशता उखेलिने एम्बुश बन्नुपर्छ
बेमेल पुरुष सत्ताहरूविरुद्ध तसलिमा उभिनुपर्छ
शत्रुहरुका अगाडि निडर साहसी झांसिकी रानी चम्किनुपर्छ
अनि म र तिमी,
समग्रमा हामी बनेर
नाघौंला उचालिएका अग्ला विसंगतिका ग्रेटवालहरु
काटुँला भ्रष्टाचारका चोभारे डाँडाहरु !
कलम तिखारेर पारिजात तिमी
उचालिनुछ सगरमाथा
लेखिनु छ कविता पिछडिएका बस्तीहरुको
म हातमा हात दिएर तिमीसँगै
साथमा साथ दिएर हरपल
विभेदका बिरुद्ध
नसा- नसामा क्रान्तिहरु फैलाएर
परिवर्तन सुसुप्त आत्माहरुको
विश्व शान्तिका खातिर
जागरूक मृतात्माहरु,
फैलाउनु छ स्वस्थ सन्देशहरु !
म,
दोबाटोका भ्रमहरु नियाल्दै
तिखा काँडाहरु,
चोइटाएर पत्थरहरु
फटाएर बादलहरु
नियालेर दर्शन गीतlहरुको
हुनेछ सहर -क्रान्ति दर्शनहरु
बन्नेछ नहर -क्रान्ति खेतहरु
फुल्नेछ बगर – क्रान्ति फूलहरु
तिमी र मेरो शहर
म र तिम्रो संयोगान्तमा
बनाउनुछ स्वोर्गहरु
उभ्याउनु छ ताजमहल
कालो अन्धकार संसारमा
उज्यालोको खातिर
मेरी मायालु
तिमी र म
समग्रमा चाहन्छौ
परिवर्तनका संखघोषहरु !!