म हराएको त्यो रात
जेएन दाहाल-मेसाच्युसेट्स-अमेरिका
अब तन शुद्ध रहेन
मन पनि वशमा भएन
निस्किएर फुत्त कतै ..
जाउँ कहाँ..? भन्ने प्रश्न बहेन,
निसंकोच दोबाटोमा भयो बास
मलाई अझै पनि सम्झना छ
म हराएको त्यो रात !
नसुने चिल्ला कुरा
नपाए तागत अनि बल
कुची फालेर चित्र छाडी
हिँडेको यही त हो त्यो पल,
साँचै साथी त्यस्तै हुँदो रहेछ प्रवास-
मलाई अझै पनि सम्झना छ
म हराएको त्यो रात !