यस्तो लाग्छ

जय हुमागाईं
क्यानाडा  

१)
धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ !
किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ।
समय त लामो भयो उनीसँग छुटिएको,
तर पनि किन अझै उनकै फेरि याद आउँछ।।

२)
पाखा – पाखा, हामी डुल्थ्यौँ, गर्मी होस् कि जाडो,
एकै  छिनको  छुटाई  पनि  हुने  गर्थ्यौ  टाडो।
पर – पर  बसे  पनि  माया  हाम्रो  गाडा  हुन्थ्यो,
रमाउँदै कति हिँड्याझैँ नत कहिल्यै छाडा हुन्थ्यौँ।।

३)
आधा बाटो उनको पेवा,आधा बाटो मेरो,
हरेक थरी बहाना बनाई, घुम्थ्यौँ सेरो फेरो।
कुनै दिन ढुङ्गामनि चिठ्ठी लेखी छोडेको हुन्थ्यो,
सरि आइ मिस्यु भनी पत्रमा कोरेको हुन्थ्यो।।

४)
उनको माया मेरो लागि, जालहारीको जाल भयो,
मेरो माया उनको लागि सायद भेलबाडिको ताल भयो।
रमाइलो लाग्ने गर्थ्यो, उनीसँग जति बस्यो उत्ति
पत्तै हुन्थेन दिन बितेको खलबल हुन्छ कत्ति।।

५)
उनी खोज्थिन् उनका बारे मीठा- मीठा कुराहरू ,
एक अर्कामा मीठा कुरा हुँदै गर्दा नभएका पुराहरू।।
मलाई लाग्थ्यो उनका कुरा बुझी दिनु पर्छ,
माया प्रेमको एकान्तमा रुझी दिनु पर्छ।।

६)
भन्ने गर्थिन् उनले मलाई, तिमी मेरो प्यारो साथी,
सँगै- सँगै घुम्न जान्थ्यौँ, कैले दिनमा कैले राती।।
उनको लागि देउरालीमा फूलको थुँगा चढाएँ मैले पनि
एक अर्कामा कसम खाँदै बस्थ्यौँ हामी चौतारीमा अनि।

७)
फूल टिप्दै बाटो भरी चुल्ठो तिनको सजाएको,
अझै लाग्छ याद अनि औँला समाई म रजाएको।।
उनी भन्थिन् हजुर मलाई अति धेरै माया गर्ने
हिमालको छाया भन्दा अझै धेरै माया भर्ने।

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *