याङे दाइ
टीपी मिश्र
अमेरिका
याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर होला बिचरा जाडोले काँपिरा’थे । फूलपातीको दिन भएकोले म धेरै खुसी थिएँ । बाले खसीको पुच्छर र कान चैँ पक्कै मलाई नै दिने मेरो आशा !
दाजु-भाइमा जेठो छोरो हुन् याङे । मेरा बाले चैँ यिनलाई “ठुले” भनेर बोलाउने गर्थे । बाको यो शैली एकखालको हेपायासीपन लाग्थ्यो मलाई। इन्द्रचौक गाउँमा याङे दाइ निकै प्रसिद्ध थिए । लाग्छ यिनी त्यहाँको गाउँ मुखियाभन्दा कम छैनन् । त्यतिका सुकिलामुकिला चैँ नहोलान् । पढेलेखेका कारण यिनी त्यसरी चिनिएका भने होइनन् ।
हात-मुख जोड्नकै लागि उनका हरेक दिन भालेको डाकसंगै सुरु हुन्छन् । गाउँभरिबाट ल्याएका फाटेका कपडा टाल्न होस् कि कसैको आंगमा नयाँ कपडा थपिदिन, याङे दाइ स-परिवार जहिल्यै ब्यस्त रहनु पर्ने बाध्यता । लास छोप्ने कात्रो होस् वा जजमान गर्दा चाहिने धरो, बेहुला-बेहुली सज्जिने सुट होस् वा पुरोहितलाई दान गर्ने कपडा, बाहुनी बजैको मजेत्रो होस् वा पण्डितको कछाड, जग्गे माथिको चंदुवा होस् वा लामाको सेन्पब-सेन्जा, टासीको काब्नी होस् वा डेकीको तेगो, सबै यिनै याङे दाइकै भरमा ।
“ठुले! आइस्?”
बाले आर्मीको मेजरझैं कमाण्ड गर्दै सोधे ।
“हजुर! अब हजुरकहाँ नआएर कहाँ जानु र?”
याङे दाइलाई मैंले भित्रै जानकोलागि भनें । “कान्छा, म तिम्रो घरमा भित्र पस्नु हुन्न,” उनको जवाफ आयो ।
“किन ?” मैंले सोधें ।
“मिल्दैन के”
याङे दाइ आफू हतारमा भएको पनि सुनाउँदै थिए बालाई । दशैंमा लाउने कपडाहरुको डङ्गुर रहेछ उनीकहाँ । सबैलाई सिलाएर दिनु पर्ने । याङे दाइ अरुलाई खुसी भएको हेर्न चाहने मान्छे : कारण उनी टिकाको दिन पनि त्यही बुच्चे हापिनमा हुन्छन् । त्यस ताका लुगा सिलाए बापत भेटी दिने चलन त्यति नभएरै होला उनी अरुले जे दिए पनि खुसी भएर लिन्थे । कतिप्रायले त वर्षभरि उनले गरेको सहयोगका लागि इनाम स्वरूप एक पटक मात्र बाली थमाउने गर्थे । मेरा बाले पनि त्यही भएर होला उनलाई फूलपातीका दिन “पुछ्रे” दिनको लागि डाकेका रहेछन् ।
आमाले पुछ्रेको बारेमा मलाई भन्या – खसीको पुच्छरसहितको भाग झन्डै तीन पावा जति हुँदोरहेछ ।
वर्षभरि हाम्रो घरका लुगा-फाटो सिलाएको ज्याला त्यति मात्र ? त्यत्रो ठूलो कार्य गर्नेलाई पुछ्रे मात्र किन? ऊ पनि त हामी जस्तै मानिस होइन र ? उसको घरमा हामी पस्न हुने अनि ऊ चैँ हाम्रोमा किन नहुने? प्रश्नहरुको तगारो तेर्साएर आमालाई मुलढोकामै रोकें । खसी भुत्ल्याउने तातो पानी बोकेर बाहिर निक्लन खोजेकी रहिछन् आमा ।
“बिस्तारो बोल है भाइ ! बाले अहिले सुने भने मार्छन्,” आमाको जवाफ आयो।
“किन?”
जे ‘हुन्न’ भन्यो त्यही गर्नु पर्ने बच्चाको स्वभाव मैंले पनि देखाइरहें, या भनौँ मेरो जिद्धिपन । अनपढ, त्यसमा पनि सोझो स्वभावकी मेरी आमा अहिले पनि बादेखि त्यतिकै डराउँछिन् । डर नलागोस् पनि कसरी र! बाले घरमा “हिटलर सासन” चलाएकाथे निकै लामो समयसम्म ।
“बा घरमा नभएको बेला चैँ याङे दाइलाई हाम्राँ पस्न दिँदा हुन्छ,” आमाले कानेखुसीकै शैलीमा भनिन् ।
लाग्थ्यो आमा नपढे पनि पढे-लेखेको विद्वान झैँ कुरा गर्थिन् । यता याङे दाइ ओलन मात्र लगाएको एक बटुकी फिक्का चियाको भरमा धोतिसरोको पिरामा जाडोले सिउसिउ गर्दै पुछ्रेको पर्खाइमा छन् ।
कठै, बिचरा!
याङे दाइका दुवै हातका औंलाहरुमा सियोले जताततै घाउ बनाएको प्रस्टै देखिन्छ: लेकको जाडो, कति दुख्दो हो घोचेको ठाउँमा !
यति नै बेला हाम्रो घरको आँगन हुँदै ढकाल मन्तरे झन्डै एक मन जतिको घोर्ले खसी घिसार्दै आए ।
“याङे ! मैंले तेरोलागि दुई माना चिउरा र गोडा-बिसेक कोसा कोला राखिदिएको छु । तुसारोले भुइँ छोडे पछि यो घोर्ले ढाल्छु, एक किलो सिकारपनि लैजालास्” ।
तुवाँलो लाग्ने गरी बिंडीको सर्को छोड्दै ढकाल मन्तरे अघि बढे ।
“भैहाल्छ नि हजुर,” मुस्कुराए याङे ।
“बिचराको कर्ममा नै यस्तै होला,” मैंले सोचें ।
“होइन यो त पालना गर्नै पर्ने नियम पो हो त साँची,” आफ्नै जवाफ ।
“धेत्तेरी! यो त माथिल्लो जात भनाउँदाले लगाएको जबर्जस्त नियम पो त,” सोचें ।
“शास्त्रले लेखेका कुरा होलान् त्यसो भा’,” मन-मनै कल्पिएँ |
“थेत ! त्यस्तो पनि हुनै सक्दैन,” फेरि आफ्नै जवाफ ।
“अनि के त त्यसो भा’ ?,”
“खोई !”
याङे दाइकी ठूली छोरी सेतुसंग दिदी मेनुको मितेरी साइनोको फाइदा उठाउँदै मैंले कति पटक उनको ‘पानी नचल्ने’ घरमा खाना नै खाएको थिएँ । खाजा त झन कति हो कति, फेरि हाम्रो पानी भर्ने पंधेरो उनकै बलेँसी छेउमा थियो । सेतुमाथि गाउँका ठिटाहरुको कड्के आँखा पार्न थालिसकेको थियो । पुंगी जेठोदेखि गोतामे बले, मंगर बिरेदेखि दले घले हुँदै भर्खर बनारसबाट कनीकुथी ज्योतिष विद्या सिकेर गाउँ फर्केका ओमे खतिवडासम्म सेतुका पछि लाग्थे ।
एकपटक हामी दाजु-भाइ बस्तुभाउ चराउन गा’को बेला ओमेले सेतुको हात मुसार्दै गरेको देखेको । दसैंमा पिङ खेलाइदिने सर्त तेर्साउँदै ओमेले हाम्रो मुखमा बुजो हालिदिएका थिए । बाटो बिराउन थालेका अल्लारे ठिटाले त याङेनी भाउजूकहाँ बेला बखत …पिउने गरेका रहेछन्, घराँ’ आँखा छलेर । तिनै ठिटा कहाँ याङे दाइ भने जहिल्यै सिकुवामा मात्र बस्न पर्ने !
बिहानको ११ बजेको छ । बा’ले सिकार बनाइसकेका रहेछन् । एउटा ठुलो टपरीमा पुछ्रे ल्याएर दिए बाले । याङे दाइ ओरालो लागे टपरी बोकेर । म पनि उनको पछि-पछि लागें । आमाले पोल्टोको सातपत्रे भित्रबाट झिकेर केही रुपयाँ याङे दाइलाई दिनको लागि मेरो हातमा थमाएकी थिइन् ।
“बाले नदेखी दिनू नि !” आमाको चेतावनी ।
निकै अग्ला याङे दाइले छिटो-छिटो खुट्टा लम्काएकाले म पछि-पछि दगुरिरहें । बाटोमा भेटेका जतिलाई उनी “जदौ” गरिरा’ हुन्थे । निकै पर पुगेपछि उनले जब पछाडी फर्केर हेरे, मलाई देखे । मैंले आमाले दिएको पैसा उनको हातमा राखेर घर फर्किएँ ।
“बिस्तारै घर जाऊ है कान्छा । मेरो त तल गोतामे माइला साहुकहाँ गएर अलिकति जाउलो पकाउने चामल लिनु छ,” अगाडी हेर्दै यसो भन्दै उनी ओरालो लागे ।
बीस बसन्त भइसक्यो, याङे दाइका बारेमा नसुनेको । जीवित छन् या स्वर्गलोक पुगे, दागानाको इन्द्रचौकमै छन् या त अन्यत्र सरे, थाहा-पत्तो छैन । भूटानमा पनि धेरै परिवर्तन भइसक्यो रे, सायद याङे दाइका दु:खका दिनहरु पनि गए होलान् । किन हो किन, आज याङे दाइका बारेमा म निक्कै सोचमग्न भएको छु |
(याङे दाइले इन्द्रचौकमा पुर्याएको योगदानप्रति समर्पित )
i became very much pleased to read about yange dai……….you have touched about my dagana where i was born.really this is what the literature keeps live ……….
I read the story from top to bottom. While i was reading it between the lines i really had a sense like “what could happen next” but the way writer ended the story is not good coz i really wanted to know more about Yangey, the main character. I wish Yangey dai is still alive.
Good job TP brother. Keep it up!
Mishra jii,
Right after your CROSS FIRE I could read your another master piece. This is a master and must be a true tablet to cure age old sickness in the mind of people residing in India,Nepal and Bhutan. Yankee dai in your story is simply a representative character of social injustice meted upon mankind of so called lower caste.
Man is born free. There should not be any wall in the name of caste or creed, color or religion. I salute the MOTHER character in your story. I hope this story will remain in the mind of all concern and bring forth consensus among people of all walks of life to shape, protect and preserve the sense of brotherhood at all times.
Here let me also share something like another part of this tale through this link.
http://www.ekantipur.com/np/2066/11/26/full-news/308159/
impressive, Mr. Mishra, congratulations!! congratulations for being among those very few writers, who could carry so much of revolutionary power in such a small piece of writing. i hope to reading more in the days to come
T.P sir,
Thank you so much for sharing this type of article..for teens like me who was born in Refugee Camp.what a inspring article!keep shareing with us.
टी.पी ज्युको कथा यथार्थपरक लग्यो | यो भुटानी समाजमा बिध्यमान सामाजिक तथा आर्थिक परिवेशको बस्तुपरक चित्रण हो | याङे दाई सयौं मध्येका एक प्रतिनिधि पात्र हुन् | कथा पड्दा दागनाको इन्द्रचौक गाउँमा पुगेको आभास भयो | इन्द्रचौक दागनाको एक बिकट गाम हो | बर्समा एक बाली मकै, आलू र तोरी बाहेक खासै अरु केही फल्दैन थियो | येद्हपी, इन्द्रचौका बासिन्दाहरुमा गहीरो नाता गासीएको थीयो | गाई, भैसी, बाख्रा, भेडाका बखान हरुले, तिनले लगाएका घन्टीहरुको आवाजले इन्द्रचौक रमाइलो लाग्द थियो | हयूदे छुट्टीमा म पनि ताशिदीनबाट जाने गर्द थिए | याङे दाईलाई मैले चेनेको हुनु पर्दछ | गरिबीको मार् एका पट्टि छ भने अर्को पट्टि सामाजिक भेत्भवको सिकार भएर बाच्नु अत्यन्त पीडादायी थियो उनका लागि | बनारासी मित्र सेतुका पछि परेको चित्रणले मायामा जात पातको स्थान रहदैन भन्ने भाव दिन खोजेको सुन्दर लग्यो |
मैले पनि पातली बाबु र कारबरी साइलालाई, “ल त मित बाऊ हामी चै भुटान छोड्नु पर्ने भयो” भन्न नपाई हिड्नु पर्दा धेरै बर्ससम आफ्ठेरो लागि रहेको छ | दिल्पल्नीको हरियो चौरमा पानी भर्न आएका गोठालोहरु संग मोजाको भकुण्डो खेलेको याद आझै याद आउछ | सायद ती गोठाला हरु पनी हामी खुसी छौँ भनी ” समस्टिगत राष्ट्रिय खुसीयालीमा” रित्ता गग्रा बोकी “हामी एकदम खुसी छौँ” भनी राकै होलान, पारी जुरी गाउँका डुक्पा दाईहरुले गोठ राख्न नदिने डरमा |
टी. पी बाट एस्तै कथा पड़ने मौका पाईयोश, समय दिएर कथा सिर्जना गरेकोमा लेखकलाई साधुबाद |
Dear T P ji
I loved reading u r two stories CROSS FIRE AND YANGE DAI. The message is true and inspiring too…
keep posting us….
T.P.MISRA ko yo kathale vutani nepali vasi sahityama euta daro katha janmayeka 6n,,,,,,,,, yasta kathaharu ek darjan jati vayo vane…….. vutani nepalika tasbirharu, realityharu jiwanta vayera lamo samaya samma rahane 6,, pahilo katha vanda yo katha, sabda chayan, sailee ra silpko hisab ra prastutiko hisable pani utkrista 6,,, tp g lai badhai 6,,,,,,,,,,,,,,
T.P. sir tapai le lekhnubhaye ko yange ko katha le mero man bhabuk banayo. sachhai 20 barsa po bhaye 6. maile pani bhutan 6ade ko ta. sachai hamro yange haru le k gardai ho la hai.
oye bro article herera ma jhandai royae.bichara tyo budho kaha chha hola ni?ani menu didi chai ko bhaneko?hamri manu?any way i enjoyed your article.i hope to read more in future.
Dear TP Dai,
Story carries impressive sentiments of Bhutanese. Yankey dai is representative character of Bhutan where lot of people are under the suppression of regime.
Millions of wishes for dear creative writer.
Dadi Ram Antim
TP Bhai story has revived my nostalgia.The story represents real picture of racial discrimination which still has its deeprooted effect in our society .
TP JI…………..
Appreciated, u did great job bringing ‘YANGE DAI’ the story of real human reality than feeling that has been striking the human development in wider view. the story flow through the real heart n quench thirst of up n downs of so-called cast-ism .
Our community needs some more creation like this to digest the changes.
Tp sir ramro chha article…never stop to write.You will do still more good.
Dear all,
Thank you for your beautiful and constructive comments.
Very touching and a true presentation mate Mr. Mishra. The selection of words and the tone of your creation add the fragrance to your write up. Keep using your pen and your brilliant and social brain to flush away such unlawful acts of our so called upper caste rulers. This wasn’t fare and bearable.
Hope to have more personalities like you to educate those ppl..
Good Job!!!
टीपी भाईको लेखमा यथार्थवादको एउटा सग्लो आक्रिती मिश्र वाको देखि पुछ्रे बोकेर घर गएको थियो त्येसपछि कहाँ पुग्यो थाहा भएन।याङे दाईहरुको एउटा पुस्ताले त मन्तरे ढकालहरुको पिडींमा आफ्नो युग बिताए तर उहाँको छोरा मने र मन्तरे ढकालको छोरा जने के गर्दैछन,देख्ने उत्सुक्ता अधुरै रह्यो। जने र मनेको मितेरी मार्फत याङे दाईहरुले न्याय पाएको सुखद अन्त्यले नयाँ युगको सुरुवात गरेको पढ्न पाइयोस् ।
This is good Thakur… keep it up!
hai uncle i like this story so much. ani ni uncle is this story is real? Malai ta kastu dami lagyo yo katha.
दिब्य याङे दाइ