योद्धा नायक
कुवेर कुईकेल भुवानेटारे
अमेरिका
छ ठूलो त्यो काजी कटक कहरी द्वन्द प्रिय हो
छु सानो आगो झैँ जल थल गढी दुष्ट नभ भो
म योद्धा माटोको रगत मसिनी अस्त्र कलमी
उ आयो ज्वाला झैँ दन दन भयो देश जननी
म आफ्नो माटोको बल मजबुती शक्ति पनि हुँ
म आजादी प्रेमी सब जन गणको श्रेठ शिर हुँ
म डग्दा या भाग्दा अमर सहिदको श्राप भय छ
म तग्दा यो माटो अजर अमर हो शत्रु क्षय छ
म डग्ने भाग्ने भा अपरिचितको ध्वाँस डरले
र वैरी ब्वाँसोको गगन थलमा ब्यप्त भयले
मलाई मौकामा बिचलित भयो काँतर हुँदा
कतै संज्ञा मिल्थ्यो शिर शिर खडा हुन्न त सदा
म आफै योद्धा हो नसिब पनि हो देश अजय
उ आफ्नो आशङ्की कुपित चरमा हुन्न विजय
उ ज्वाला लप्कामा जनगणहरू पोल्दछ घरै
उ आगो बर्सादी म पनि प्रतिघात् युद्ध जहरै
छु आभारी रक्षा निडर पहरी वीर अजय छन्
प्रतापी सेनाको शिर शिखरमा भक्त पनि छन्
मरी मेट्छौँ माटो सदर जननी देश घर हो
र रक्षा धर्तीको रगत रिपुको चाट्नु जय हो
उ भन्दै धर्तीका अविजितहरू शुद्ध डरमा
म ताली साथीको लिन अघि परेँ संगठनमा
ल योद्धा नाकामा चल पल सखा भित्र म फगत
म आजादी योद्धा चर सफलता लिन्छ उ जगत
उ भाग्दै भाग्दै के हर शहरमा छाप डरको
मरे योद्धा दम्भी सडक थलमा लास रिपुको
लखेट्छौँ वैरी त्यो भय पिर कतै छैन मनमा
सुरक्षा आमाको तन मन खुबै शौर्य जनमा
शिखरिणी छन्द