यो जीवन न यात्रा भो, न भो नियात्रा

इन्द्र प्रकाश खवास
अमेरिका
यो जीवन न यात्रा भो ,
न भो नियात्रा !!
गन्तव्य विहीन झैँ हिँड्दा हिँड्दै

खुट्टा मेरा गले लक्ष्यमा पुग्न सकिन,
चारैतिर निशा फैलियो
उषालाई पाउनै सकिन।
धेरै टाढा थियो गन्तव्य मेरो
पुग्नै नपाई ठोकियो ,
उत्साह र उमङ्ग लिएर
उर्लिएको हाँसो अनायासै रोकियो ।

जिन्दगीको धागो पनि
तान्दा तान्दै चुटिन सक्छ,
यो जीवनको भरोसा छैन
कुनै पनि बेला।
विस्फोट बनी फुट्न सक्छ ।
यो जीवनको न यात्रा भो
न भो नियात्रा !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *