यो नजरमा
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका;
समय जस्तै एक नासले बगी रहने
गंगा, जल या पानी शब्दहरु अनेक
अहंकारविहीन त्यो मोहित मुहार
हजारमा एक, विचारमा अनेक ।
सफा अनि निस्वार्थी भावानारहित
एक पात्रमा छ, गुण र विवेक
नियाली कर्म हेर्ने आज भोलि
छन् पराइ अनेक, आफन्त एक
गंगा, जल या पानी शब्दहरु अनेक
हजारमा एक, विचारमा अनेक ।।
Thnx for sharing