गजल-४०९

रक्की खानेल
एडिलेड, अस्ट्रलिया

 

छट्पटिन्छु रातै भरी, मान्दैन यो मन
तिमी बिना कसै गरी, मान्दैन यो मन ।

खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो
आफ्नो भने कठै बरी, मान्दैन यो मन ।

भन्नेहरू क्या मजाले, भन्छन् बिर्सिदिनु
सम्झिन्छ झन् घरी-घरी, मान्दैन यो मन ।

फक्रिएको फूल झैँ, सुवास बोकी मायाको
बहन्छ  यो  हावा  सरी,  मान्दैन  यो   मन ।

यै चाल भएँ पागल भन्छन्, दुनियाँले अब
लौ   बुझन  ए  सुन्दरी  मान्दैन  यो  मन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *