रंग

कवि: रूप पोखरेल पिट्सबर्ग, अमेरिका
कवि: रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

रंगमा त्यस्तो केही छैन
मात्र एउटा भ्रम
स्थूल बस्तुमा, या-
जिवित वा निर्जीव
प्रकाशको अभावमा
उसले, तिमीले र मैले
आफ्नो प्रिय मानेको रंगको
कुनै अर्थ छैन ।

अर्थ छत केवल दृष्टिमा
दृष्टिकोण र अपनत्वमा
अहंता हो त्यो,
अहंकार हो त्यो,
असव्यता हो त्यो, र-
अस्लिलता हो त्यो
रंगमा रनभुल्ल हुनमा ।

रनभूल्ल पनमा भ्रम घोल्छन यी आँखा
रंगको लाभा उगेल्छ मानवता-
पुलमा होइन, दिवालमा देख्छ विकाश
अर्थमा हैन दंभमा टल्किन्छ निकास
उसको, तिम्रो र मेरो पनमा-
पानी हुनु पर्दछ सोच
पानी हुनु पर्दछ विवेक ।

न प्यासी छ रंगको पानी
न रंगको गर्दछ पानीले खेती
उही छ संजीवनी सबको
भ्रममै पर्दछ काल पानी सामु कति चोटी
रंग विहिनतामा- मल छ, मलम छ र सहिष्णुता
सहिष्णुता नै पानी हो-
टुसाइ दिन्छ नयाँ सृष्टि
उसले, तिमीले र मैले
अनि देख्छौं इच्छाका इन्द्राणी
अहो! बाँच्ने अझ कति
हाम्रा, मेरा र तिम्रा रोज्दै
भ्रमै भ्रमले सिलाएको
प्रकाशको धुसा भित्र निसासिएर !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *