रहेन गलामा पोते

सि एम निरौला
न्यू हेम्प्सायर, अमेरिका

उहिले उहिले सिउँदोभरि सिन्दूर सजिन्थ्यो
छम्-छम् पाउजुहरू बज्थे
छिन्-छिन् हातका चुरा
बाटामा हिँड्दा
सानातिना कसिंगर बडार्ने पोसाक
ती बुहारीहरूका !

बार हाते पटुकी अनि
नाकमा फुली टलक्क टल्केको
गलाभरि तिल्लरी र पोतेका झुत्ताहरूले सजिएको
रङ्गी बिरङ्गी
साउन न असार, हातभरी चुरा
अनि शरीरभरि गहना
आहा ! साच्चिकै अप्सरा झैँ !

आज,
सपनाजस्तो लाग्छ
पुरै शरीर ढाक्ने
शरीरका हरेक अङ्ग छोपिने
कपडा लगाउँदा बेइज्जत हुन्छ रे
समाजले पाखे भन्छ रे
आफू निर्वश्त्र हुँदा कस्तो इज्जत बढ्ने?
कुन संस्कार र कहाँको संस्कृतिको
कुरा गर्दैछौ सानी?

तिम्रो सुन्दरता सिउँदोको सिँदुरमा हुन्छ
गलाको पोतेमा
अनि तिम्रो मन्द मुस्कानमा हुन्छ ।
आज न रह्यो गलाको पोते,
न त तिल्लरी,
न त म रहेँ न तिमी,
न संस्कार न त संस्कृति !
मात्र छ त कुरीति
मात्र छ त कुसंस्कार ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *