राकेश काफ्लेको “परिवेश रोएको बेला” आइअोवामा विमोचित हुँदै

लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका भूटानी सर्जक राकेश काफ्लेको मुक्तक सङ्ग्रह “परिवेश रोएको बेला” यही आगामी अप्रेल १६, २०१७ बाट नेपाली साहित्यको बजारमा आउने भएको छ । २५० बढी मुक्तकहरू सङ्गृहित हुने उक्त सङ्ग्रहको अमेरिकाको आइअोवा राज्यको डिमोइनमा सम्पन्न हुने एक कार्यक्रममा लोकार्पण हुने जानकारी प्राप्त भएको छ ।

काफ्लेको परिवेश रोएको बेलाको आवरण
काफ्लेको परिवेश रोएको बेलाको आवरण

देवी तिम्सिना प्रतिष्ठानले प्रकाशन गरेको “जोडेर सम्झना” सम्युक्त गजल एल्बम २०१४ र नेपालको राजधानी काठमाण्डाै स्थित सिडिएमए म्युजिक क्रियसनले बजारमा ल्याएको एकल गीत गजलको सङ्गालो “तुलसी मञ्जरी” २०१५ पछि काफ्लेले “परिवेश रोएको बोला” मुक्तक सङ्ग्रह बजारमा ल्याउन लागेका हुन्।

लामो समयदेखि सञ्चालनमा रहेको दृश्य कार्यक्रम भूटानी ढुकढुकीका निर्देशकसमेत रहेका कृतिकार काफ्लेका अनुसार “परिवेश रोएको बेला” नेपाली भाषी भूटानीहरूबाट लेखिएको प्रथम मुक्त सङ्ग्रह हो ।

भूटानी शिक्षक स्वर्गीय एनपी रेग्मीप्रति समर्पित यस सङ्ग्रहको सम्पादन भूटानी कवि पुरानाघरेले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *