रिटार्यड डाक्टर र गलत औषधि

कवि
कवि

क्षितिजको मित्र प्रकाश धमला
अष्ट्रेलिया 

एक अञ्जुली घाम लिएर
वर्ष चिसिएका ती निरीह अनुहारहरुमा
अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ?
शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु
शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा
शताब्दिऔंदेखि स्वातन्त्रता डुबिरहेको नहरहरुमा
तर
तिमी स्वातन्त्रता नहरहरुबाट झिकिरहेछौ
तिमी अधिकार बलेसीबाट उठाइरहेछौ
मलम लाउनु पर्नेहरुलाई
मलम लगाइरहेछौं
शल्याक्रिया गर्नेहरुलाई
शल्याक्रिया गरिरहेछौ
बेहोसीहरुलाई
कानाहरुलाई
बहिराहरुलाई
अनि
सanfङ्ग मानवलाई पनि उपचार
कहाँ-कहाँ, के-के गरिरहेछौ
मलाई प्रस्ट थाहाँछ
तिम्रा उपचारका विधिहरु
तिम्रा सर्जनका अनौठा स्पर्श
ओपरेशन थिएटर भित्रका वार्तालापहरु
तिमीले त दुर आकस्मिक कक्षाहरुमा
लिंडेढिपीको एम्बुलेन्सले ओसारी रहेछौ धाइतेहरु
तर
विचारा घाइतेहरु अपरेशनपछि
विचारा मुनाहरु उपचारपछि
विचारा बृद्दाहरु डिस्चार्जपछि
सबै-सबै बोल्नै नसक्ने
फिलगर्नै नसक्ने
हिFड्नै नसक्ने
देख्नै नसक्ने
जीवित मानव पो भएछन्
सुन्नुहोस त
म एक रिर्टार्यड डाक्टरलाई सोधिरहेछु
मेरा आफन्तको हाल खबर
उनी भन्छन् “एउटा इतिहास मासिरहेछ”
कारण – म जिज्ञासा राख्छु
उनी भन्छन्
“हामीले संघर्षको अलवा कायर औषधी प्रीस्क्राइब गरेछौं

लामो समयसम्म पराधीनताको बेडमा सुताइराखेछौं”
वस …………

Leave a Reply

Your email address will not be published. Required fields are marked *