लेक ईरीको छेउछाउ-१

हिम शिखर
ओहायो, अमेरिका

काम..काम..काम यो त अदृश्य रूपमा लादिएको भारी जस्तो लाग्छ । जे होस्,काम छ गाँस छ ।गाँस छ म छु र सबै सँग गाँसिएको छु।

आज पनि अबेला घर आइ पुगेँ । बाहिरको स्ट्रिट लाइटले गर्जो टारेकै हुन्छन् जहिले   पनि । घरभित्र पस्नुभन्दा पहिला मेल बक्स हेरेँ । सँधै झैँ चिट्ठी नुहुने ठाउँ मध्य आज एउटा चिट्ठी छ । ठेगाना मेरो छ पठाउनेको छैन । थकित शरीर,रिस पनि उठ्यो तर,रिसभन्दा ज्यादा कौतुहल । जीत कौतुहलता कै भो । आमले थर्मसमा चिया सधैं राखिदिनुहुन्छ ।त्यो पनि नहेरी सरासर कोठामा पुगेर चिठ्ठी खोलेँ;लेखिएको थियो,‘हिमशिखर तपाईँलाई याद छ ?’त्यो समय, त्यो स्थान , अनि लेक ईरी?’ अब पठाउनेले नाम खुलाउनु आवस्यकता थिएन । मैले चिनिसकेको थिएँ,त्यो लेखाई हेरेरै,झन् तीयादले मलाई रूवाउन सम्म रूवायो……!

थाहा थियो कुनै दिन यस्तो पनि हुन्छ । पत्र ठूलो कुरै बनेन यहाँ,पत्रभित्रका शब्द थिए जो मेरो सामु समुद्र बनेर खडा थिए।मैले त उनलाई भन्नसम्म भनेको थिएँ,गल्ती मेरो थिएन न उनको । मात्र सुझबुझको कमी थियो । मैले उनीसँगका सबै सम्पर्कहरू बिच्छेद गरिसकेको थिएँ।उनले पनि । तर,आज अचानक पत्र छ । केही खुशीकेही दुःख त छ ।पत्र मेरो लागिमहाभारत हुँदैछ ,फेरि लेखिएको छ,‘हिमशिखर,मैले तपाईँलाई दुःख दिएँ है?’ सुनाउन मन थियो,’छैन लाटी म दुखेको छैन,तिमी खुशीछौ भने,म झन् खुशी ।’ मेरो कल्पनामात्रै थियो,न फोन न कुनै सम्पर्क सूत्र,अब चिठ्ठी पनि बेठेगानाको ।

आँसु बग्नु प्राकृतिक कुरा होला हावा या धुलो लागेरजब भावना जाग्छअनि कठोर मन पनि आँखाको बाटो भएरगाला,गला हुँदै पुरै शरीर भिजाइदिन्छ ।’तपाईका आदर्श मैले बुझिन ।’मन लागेको थियो भन्न, ‘किन कप्टि गरेकी त?’

सोध्नु कसरी? पत्र आँसुले बग्ला भन्ने डर छ…सिरानी मुनि राखेँ । ओच्छ्यानमा पल्टेर सम्झेँ,एउटा बाटो अझै खुल्ला छ ।

क्रमशः………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *