लेक ईरीको छेउछाउ-२

हिम शिखर
ओहायो, अमेरिका

..बिहान आमाले ढोकामा आवाज दिएर जानु भयो । मेरो दैनिकी नै थियो बिहानको सबै काम सके‘सी’ कौसीमा बस्ने अनि चियाको चुस्की लिँदै पुस्तक पढ्नु । त्यति बेला म पढेर स्मरण गर्ने दश कथाहरू (Ten stories To Read And Remember)पढ्दै थिएँ जुन मलाई हरिले पठाइदिएका थिए । लियो टाल्सटाएको कथा ‘मानिस धर्तीमा कसरी बाँचेको छ’ सायद यही हो पहिलो कथाको सारांश । उठेर हिँडे पार्किङ लटतिर। आमा चिया… भन्दै हुनुहुन्थ्यो- बुवा भन्दै हुनुहुन्थ्यो अहिले आएर खाला नि त !! बुवा ठट्टा गर्नुहुन्छ । म गाडीमा पसे‘सी’ बुवाले भन्नु भो- हिन्दी मिसाएर ‘जल्दी आना’। मलाई सबैभन्दा धेरै चटारो थियो । मलाई त्यहाँ जानु थियो जहाँ हाम्रो पहिलो र औपचारिक भेट भएको थियो । औपचारिक यस कारणले उनी मसँग अर्ध परिचित थिइन् । त्यति बेला मलाई सोमको खाँचो थियो …म कहिल्यै पनि त्यसरी कुनै नारीसँग एक्लै बसेकै थिइनँ । कारण त सोम नै थिए, यो सब हुन । योभन्दा अघि पनि हाम्रो भेट नभाको होइन । सोमको घरमा भएको थियो । तर सोमले मलाई केही भनेका या सुनाएकै थिएनन् । एड्ज वाटर पार्क जुन लेक ईरीको एउटा खण्डित नाम हो । मलाई बोलाएर सोम किन आएनन् । मनै मन उनलाई गाली गरेँ ‘हावा मान्छे’ ! उ!हेर्नु त सिप (ship)आइरा’छ!मलाई प्रभाव परेन । म सोम खोजी रहेथेँ …सोमको खुवै आवश्यकता थियो मलाई…समय थियो…।।

क्रमशः-……………………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *