लेक ईरीको छेउछाउ -३
हिम शिखर
ओहायो, अमेरिका
उनी उतै जहाज र अरू दृश्यकै फोटो लिइरहेकी थिइन् । मेरो एउटा बानी छ; जबसम्म कोही व्यक्ति मेरो आत्मीय बन्दैन, विशेष महिलाहरू, म उनीहरूको छेउमा चुरोट सेवन गर्दिनँ । त्यही मौका छोपेर अलि पर गई सोमलाई सराप्दै एउटा माल्बोरो सिद्धयाएर आएँ । उनी उस्तै जहाज मौसमी बहारमै मस्त थिइन् । सोचेँ, यस्तै होला नारी सुलभ गुण, यस्तै होला नारीको परिचय ! भरखर हातबाट शान्तिको कामनार्थ उडाएको परेवा जस्तो ।
यही विचार खेल्दै थिए मेरा मनमा । यहाँ कति बेला वर्षा हुन्छ र कति बेला घाम लाग्छ थाहै नहुने । अब वर्षा हुनै लागेजस्तो, भनो रहर हुनेलाई पक्का भइसकेको थियो । किनकि तिनैलाई त थाहा हुन्छ कस्तो बेलामा वर्षा हुन्छ जो पानीमा हर साल भिजेका किसान या रहरले भिज्नेहरू । म मेरो विगत सम्झिन थालेछु… म हराएछु आफ्नो अतीततिर । आनन्द निकै आनन्द आयो; धेरै बेरसम्म सम्झिरहेँ- आमा, बुवा र दाजुलाई ढाँट्दै म रेनकोट लिएर चल्दिन्थेँ तरकारी लिन भन्दै …अलि पर पुगे’सी रेनकोट करियरमा हुन्थ्यो…पुरै धीत मरिसके‘सी घर फिर्थेँ अलिकति तरकारी लिएर… त्यो बेल्डाँगीबाट दमकसम्मको झरीमय यात्रा खूब रमाइलो लाग्थ्यो…. आज उनी छिन् …। मैले उनलाई भने,
“अब जाऊँ पानी पर्छ”,…
“पर्न देऊ”, उनले भनिन् ।
“भिजिन्छ”.. मैले भनेँ…”.भिज त्यसो भए..” म अलि पर भएको रेन्जर अफिसमा गएर ओत लागेँ । उनको मन भरिएपछि उनी आइन् ।
मैले सोधेँ, “अब जानेँ ?”
“जाने तर एक छिन् है।”
मैले सोधेँ ‘किन?’
“क्यामेरा देऊ..एक क्लिक ?”
एउटा छेउको व्यक्तिबाट मात्र उनको क्लिक भए’सी त्यो स्वाँठले भन्यो- “गो पर्फेक्ट वन !!”
उफ् उति बेलै पछिबाट कसैले धाप मार्यो … रेन्जर स्टिभ रै’छन्… तर उनले देख्न नपाउँदै आँसु पुछ्न खोजेको थेँ.. देखिहालेछन् र भने, ‘आइ नो सर, द्याट यु मिस मिसेज आस्था, आइएम सरि, बट् यु आर शक्ड माइ सन ! आइ स्याल लिभ यु !!’
क्रमशः………………….