लेखौँ के मैले अब

भानु ढुंगाना
क्यानाडा

आलेख नासो किन छैन आज
आलस्य प्यारो पनको छ राज।
शिक्षा बढाऔँ रचना हजार
आलेख लेख्ने नहुने बिचार।

आकाश हाम्रो सुकिलो छ सार
बुझ्दैन कोही किन यो छ हार !
हाम्रो र राम्रो किन छोडिदै छ
आस्था अरूकै तिर मोडिदै छ ?

आलस्य तेरा रथमा म जान्न
तैँले दिएको पनि केहि खान्न
झुट्टा कुराले मन यो बिगार्‍यो
भाषा बिनाको तन त्यो सिँगार्‍यो।

छोटा कुराले दुनियाँ बनायो
बाटो बिराई तन बेचि खायो
भो भो नराम्रो कष यो छ छोडौँ
भाषा र शिक्षा गुण दिव्य ओडौँ।

संस्कार शिक्षा गुरु ज्ञानलाई
सत्संघ हाम्रो लिनु ध्यानलाई
माता पिताका सुकला अगाडी
छोडेर पाखा नहुने पछाडी।।

बर्वाद बन्दै किन हो गएको ?
अस्तित्व छोडी परको भएको
के लेख्नु मैले किन यो परेको!
पाखा छ लाग्दै किन हो सरेको ?

इन्द्रबज्रा छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *