विकल्प युद्ध
कुबेर कुईकेल ‘भुवानेटारे’
अमेरिका
लडाइँ देश देशको उ निष्कलङ्क मार्दछ
र लास चाङ चाङ त्यो उ तड्पिएर मर्नुछ
चढाइ गिद्धलोचनी मराइ भोग्छ नाजुक
सुशान्ति शक्ति पक्षको कुकर्ममा छ बन्धक
चलाइ तोपअस्त्र त्यो उ ध्वास्त पार्छ स्याउला
गिराइ शक्तिहीनको निवास वंश पाउला
अशक्त वृद्ध चापमा कपास वास गाँसको
घमण्ड गर्छ शक्ति त्यो र दम्भ भर्छ जीतको
सशक्त साँढ युद्धमा मिचाइ निम्छरो लुलो
बगाइ रक्त वीरको प्रभुत्व हैकमी ठुलो
अचार दीन हीनको विचार बोक्छ त्यो भलो
भलाइ ठालु शक्तिको दरिद्र अन्त्यमा हलो
गिराइ बास दीनको हिसाब गर्छ लास त्यो
लडाइँ युद्ध द्वन्दमा पिना बनिन्छ न्यून त्यो
उ आश गर्छ देशमा स्वतन्त्रता सुशान्तिको
र ज्यान राख्छ पातमा बचाउ गर्छ देशको
महत्व देश प्रेमको निजोर गर्नु हुन्न त्यो
प्रयोग कूटनीतिको समाप्त गर्नु हुन्न त्यो
चलाइ अस्त्र नीतिको विवाद युद्ध टार्नु त्यो
विकल्प खोज्न युद्धको सभा विमर्ष गर्नु त्यो
पञ्चचामर छन्द