विद्यार्थी वर्गलाई नयाँ वर्षको उपहार

भानु ढुङ्गाना
क्यानडा

खाने कुरा मीठो खोइ
भन्दै रोड्याँई नगर
पढ्न अल्छी गरेर
भोलि पछि नपर ।
राम्रो पढ भाइ बैनी
राम्रो पढ युवा हो।

पढ जाँगर लाएर
शिक्षा ठुलो पाएर
ऐले तिमी विद्यार्थी,
मानवीय बन्ने छौ
जाँगर गरी पढ लौ
पढ्दै लेख्तै बढ लौ।

झुत्रा फाट्या नक्कले
लुगा रोजी नलगाऊ
साथी भन्दै दिएको
जस्तो सुकै नखाऊ
राम्रो बोली असल
भाइ बहिनी बनाऊ ।

जथाभाबी नराम्रो
छाडा कुरा नबोल
आफ्नो भाषा सभ्यता
छोड्दै अरू नमोल
पढ आज बेलामा
नजाऊ कमाई मेलामा।

जागिर खाने अङ्ग्रेजी
सबै कुरा पाइँदैन
मातृ भाषा भुलेर
अस्तित्व छोड्नु हुँदैन
प्यारा-प्यारा भाइ हो
प्यारा-प्यारा बहिनी हो

पढ नानीबाबुहरू हो
ज्ञान आर्जन मूल हो
मातृ भाषा नेपाली
सृष्टिको दिव्य फूल हो
नेपाली अङ्ग्रेजी बढाई
सरोबर भाषा चलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *