विधवा
डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे
‘कालो कुकुर पाल्नु भन्या हैन ज्योतिषीले ?’
‘आ नकरा ! कति न जान्ने भएकी । ज्योतिषीले भनेको कुरा, देउसे भैलेले दिएको आशिक, झाँक्रीको जोखाना एउटै हो क्या ! कुनै पनि भर पर्दा हुँदैनन् ।’ कृष्णचन्द्रले भने ।
ढकमक्क बारीमा तोरी फुलेर पृथ्वीले आफ्नो सौन्दर्य प्रदर्शित गराइराखेको थियो । माथिमाथि सेताम्ये हिँउ चम्किएका हिमालको दृश्यवलोकन गर्दै कृष्णचन्द्र बारीका डिलैडिल शीत पन्छाउँदै रामकृष्णका घरमा टुप्लुक्क पुगे । माथि काँल्लामा कृष्णचन्द्र झर्दै गरको देखेर रामकृष्णले आँगनमा मुडा ओच्छ्याए र भने ‘बस है, विहानको न्यानु घाम कति मीठो छ होगि साइँला ?’
कृष्णचन्द्र मुसुमुसु हाँसेमात्र, केही जवाफ दिएनन् । गम्भीर स्वभावका कृष्णचन्द्रले चारैतिर नजर डुलाएर मलिम स्वरमा भने ‘बिचरा ! जैवहादुरको पनि विहाल भयो, । भर्खरै मात्र विहे गरेको ।’
‘खै ज्योतिषीले त नाडी लाग्छ हुँदैन भनेका थिए रे तर छोरो मानेन भन्थे बूढा । केटी दोषी रै छ क्यारे विचरा ! विहेको टपरा नै सुक्न पाएनन् । त्यतिको खर्च गरेर विहे उतारे, महिना दिन नवित्तै छोराको लास आँगनमा पल्टाइ दिए । यो आन्दोलनले पनि धेरै आमाको काख रित्याउने रछ । नतिजा कस्तो हुने हो मलाई त डर लागिरहेको छ । जग दरो छैन लहैलहैमा आन्दोलन भयो” रामचन्द्रले साहनुभूति व्यक्त गरे ।
‘कालमर्दाे जिभ्रादोष, विचरी ! दुलहीको के दोष ? गोली लागेर मर्छ, केटीको दोष भन्नु हुन्छ तपाई, मैले त केही बुझिन नि ? ऊ ती सेता लुगा लगाएकी पानी थाप्न जाने दुलही होइन ?’ दुलहीतिर तल देखाउँदै कृष्णचन्द्रले प्रश्न गरे ।
‘हो त अँ साच्ची बुहारीले अस्ति डाँडाघरे ज्योतिषीलाई चिना हेराउनु प-यो भन्थिन् नि के भने ज्योतिषीले हँ ?’ बूढाले उल्टै प्रश्नले टारिदिए ।
‘के भन्नु नि, कालो कुकुर, पुच्छर लिँडे गोरुमात्र पाल्नू, फाप्छ भनेछन् । अनि केके केके ग्रह विग्रिएका छन् चाँढै जप गर्न लाउनू, नत्र अरिष्ठ पर्न सक्छ भने रे ।’ कृष्णचन्द्रले छोटो उत्तर दिए ।
‘बेलैमा बार बारेमात्र बाली जोगिन्छ भन्छन् । परापूर्वकालदेखि मानी ल्याएका देवी देउताले समयसमयमा खान खोज्छन् क्या साइला ! रफजफ गर्नु भनेको बार बार्नु र तिनीहरुलाई समयसमयमा खानदिनु भनेको हो । तर आजकलका ठिटा ठिटी खिल्ली उडाएर जित्न खोज्छन् । नौग्रह माथिको क्वै छैन क्यारे, पुरोहित, पण्डित र ज्योतिषीले भनेको नमान्दा नै विचरीले ! विधवा भएर बाँच्नु प-यो ।’ रामचन्द्रले दुःख प्रकट गरे ।
‘‘तर दाजै अब सरकारले के गर्ने हो भन्ने चिन्ता छ , धेरै मान्छे भेला हुन पनि दिँदैन । आतंककारीका परिवार भनेर लखेट्ने त होला नि ! हामीलाई पनि गाह्रो भयो नजा न भन्दा मानेन प्रजातन्त्रका लागि संघर्ष गर्ने भन्थ्यो विचराको ज्यान नै गयो !”
विहानका घाम निकैमाथि आइसकेका थिए । चिया पिएर विदा भई भर्खरै धान उठाएर चारैतिर उघारो खेतमा गाई, भैंसी उफ्रीउफ्री रमाएर चरिरहेको रमाइलो दृश्यावलोकन गर्दै कृष्णचन्द्र घरतिर बाटा लागे ।
दुईतीनवटा काँल्ला नागेर कृष्णचन्द्र घरमा पुगे । गोरोवर्णकी पातलो जीउ,अग्ली कृष्णचन्द्रकी श्रीमती चन्द्रिका तीन सन्तानकी आमा भएर पनि किशोरी नै देखिन्थी । पढालेखा मात्र थिएन तर स्त्रीजातिमा हुनुपर्ने गुण, शील, स्वभाव चन्द्रिकामा प्रसस्त नै थियो ।
मुसुमुसु हाँस्दै कृष्णचन्द्रका मुखतिर हेरेर चन्द्रिकाले भनी–‘भोलि ठूलीएकादशी,पर्सी द्वादशीका दिन तुलशीको आहुतीमा न्वाँगी पनि र दशा ग्रहको रफजप गराउने भनेर मैले दिनानाथलाई डाकेकी छु, सामाग्री जुटाउनु छ । थुप्रै ग्रहहरू विग्रिएका छन् रे सून, चाँदी, दान गरे मात्र कम होला कि नत्र……।’ एकछिन रोकिएर फेरि थप्तै भनी ‘अनि कालो कुकुर र लिँडे गोरु पाल्नु पर्छ रे ?’
कृष्णचन्द्रले मौनताकासाथ चन्द्रिकाका कुरा सुनिरहे । केही बेर पछि एक्कासि कृष्णचन्द्र झस्किएर भने ‘अँ साँची चन्द्रिका, आज ११औं दिन हैन मानुचामल पु-याउने ? खोचा गाँस्न पनि एकछिन् सघाउँछ्यौ कि ? विचरी ! प्रेम विवाह, दैवले लाठी प्रहार गरे पनि हामीले त सघाउनै पर्छ, तर सुन त, अँ वरपर अलि याद गर्नू है । चम्चाले पोल सुनाए भने त हाम्रो पनि बास मेटिन्छ नि ।’ त्यति भनेर कृष्णचन्द्रको ध्यान अर्कैतिर मोडियो । चन्द्रिकाले प्रतिउत्तरमा भनी– “जाने त भन्या नि” तर…..एकछिन् रोकिएर “ल ल” भन्दै खानपिन सकेर चामल, धिउ, चिनी, पैसा मानुचामलको सामाग्री बनाएर चन्द्रिका आरालो लागिन् । रामचन्द्रका आँगनमा उभिएर चन्द्रिकाले भनिन्–‘काकी जाऔं हैन ?’
‘खै,जाऊँ कि नजाऊँ बूढियाले देखेपछि घात गछिर्न् । अर्काेतिर चम्चाको पनि जग्जगी छ, ग्रह पनि कस्तो बोकेकी रै’छ, पढेलेखेकी मात्र भएर के गर्नु र ? लोग्ने खाइहाली, सासु बुहारीको रुँवाइ र विलौना मात्र सुन्नु त हो नि । एक छिन पख न त म पनि मानुचामल बनाउँछु ।’ पवित्राले भित्रबाट पर्खिन अग्रह गरिन् ।
विहानका घाम निकै माथि आइसकेका थिए । धाराका छेउमा ५-७ वटी आइमाई खोचा गाँस्तै थिए । पवित्रा र चन्द्रिकालाई देख्ने वित्तिकै बूढिया डाको छोडेर रुँन र फलाक्न थालिन् ‘राँडीले मेरो छोरो खाई । यो डंकिनी आएर मेरो छोरो म-यो । विहेका टपरा सुकेका छैनन् । अब म कसरी बाँचौं ? यो औंस्याही राक्षसगणकी आइमाई रै’छे …..।’ भन्दै बूढी मुर्छा परीपरी रुँन कराउन थालिन् । सबै आईमाई एकत्र भएर मुखामुख गर्दै आँसु पुस्न थाले । बूढियाको शरीरमा हाड र छाला मात्र बाँकी थियो ।
एउटा छोरो त्यो पनि आन्दोलनमा होमियो । उता रातोदिन रोएकाले बुहारीका आँखा राता राता भएर सुन्निइ रहेका थिए ।
एघारौं दिनको कार्य पूरा गरेर सबै एक छिनलाई बर्गास्त भए । चन्द्रिका र पवित्रा पनि घर फर्किए ।
‘ए काकी, पर्सि मोठमा आहुती हाल्ने अठोट गरेकी छु । यसपाली न्वाँगी माथिनै गरौं है । यसो ग्रहजप पनि गर्नु छ, नवीनको वुबालाई भन्या केही जवाफ फर्काएनन् ।
कालो कुकुर र पुच्छर लिडे गोरु पाल्ने ग्रह छ भने ज्योतिषीले नवीनका बुबालाई शनी र राहु खाब्जे छ रे । म त डरले मरिजान्छु ऊ भने पत्याउने होइनन् ।
झाँक्री, पुरोहित, देउसे र ज्योतिषीले दिएको आशिस एउटै हो भनेर उडाए । ल त काकी म लागेँ अहिले गएर सामाग्री जोडजाम गर्नु छ ।’ भन्दै चन्द्रिका घरतिर लागी ।
कृष्णचन्द्र नानीहरूसँग खेल्दै केके कोरिरहेको थियो । चन्द्रिकालाई देखेर बाटैबाट नानीहरू गाँज्न पुगे र झोला खोदल खादल पार्न थाले । कहिले काहीँ बजारबाट आउँदा मिठाई ल्याउने गरेको सम्झनाले केटाकेटीलाई घच्घच्यायो । खानेकुरा नभेटे पछि हावा खुस्किएको बेलुन जस्तो अनुहार नै विगारेर सबैले एक फेरा आमाका मुखमा हेरे ।
बेलुकाका घाम पँहेला हुँदै अस्ताउन खोजिरहेका थिए । हतारहतार चन्द्रिका खानाको धन्दातिर लागी । साँझपखको ठिही बढ्दै गएकाले सबै भित्र पसेर अगेनाको वरिपरि आगो ताप्न थाले ।
‘कस्ती अलच्छिना आइमाई रैछे, विहा भएको महिना दिन नवित्तै लोग्ने बाटा लगाई । बूढियाको घात सुन्नमात्र गएजस्तो भयो । छिचरा दाँत भएकी रैछे, केश पनि कैलो जिरिङ्ग परेको अझै कतिजना बाटा लाउँछे । अस्ति विहेमा त कति राम्री देखिन्थी, औंस्याई अरे, राक्षसगणकी अर्को छोरो भएको भए पनि त बूढियाले चित्त बुझाउँथिन् । विचरी ! ज्योतिषीले भनेका कुरा नमानेपछि………..।’ नानीलाई दूध चुसाउँदै नरम स्वरमा चन्द्रिकाले छेड हानिन् ।
कृष्णचन्द्र मुखमा हेरेर मुसुमु्सु हाँसिरहेको थियो । सुनसान रात्रिले एकलौटी राज गरिरहेको थियो । कृष्णचन्द्र धेरैबेर मूकदर्शक बन्यो र चन्द्रिकाको मुखतिर हेदै उत्तरमा भन्यो ।
‘कालमर्दाे जिभ्रादोष, विचरी ! त्यो बुहारीलाई लोग्ने मर्दा कस्तो भएको होला ? उसको जीवनसाथी !
अस्ति त्यो लाश ल्याएको दिन इन्तु न चिन्तु भएर लडेकी थिई । बूढीले अझ त्यसमाथि भुत्ल्याइ रहेकी थिई ।
मैले सम्झउन खोज्दा सप्पै मैतिर धुरिए । “एकलो वृहस्पति झुट्टा” भएर मलामी जानेसम्म स्थिति भएन । फेरि भिजिलान्तेको पनि उस्तै जग्जगी, म मरेँ भने यो समाजले तिमीलाई पनि त्यसै भन्छ बुज्यौ ? यो असभ्य समाजको वर्वरता नियम मात्र हो । ऊ त आन्दोलनमा गोली लागेर पो मरेको हो त । ऊसँग कैयौं मरे घाइत भए मर्नु र जन्मिनु त प्रकृतिको नियम हो चन्द्रिका ! कसैको ग्रहले कसैलाई खाएको होइन ।
२०-२२ बर्षकी किशोरी पति वियोग र आपूmमाथि लागेको लाञ्छनासँग संघर्ष गर्ने तथा थेग्ने स्थिति र आफूलाई समाल्ने साहनुभूतिबाट विमुख रहेकी छे भन्ने चाँहि कसैलाई पनि आएन । दुवै पक्षबाट कारुणिक वेदना, रोदन, क्रन्दन र चित्कारले भयवह स्थिति निम्त्याएको हृदय विदारक दृश्यावलोकनले छरछिमेकीको मन नै हलचल भइरह्यो ।
झाँक्री, ज्योतिषी, पुरोहितहरूका तालमा नाच्न थालियो भने त हड्डीभित्रको मासी गलाउँछन् । तर यो समाजलाई यस्ता कुरा पच्तैन यस्ता कुरा देखायो भने यो पागल भएछ भनेर पागलखानामा जबर्जस्ति लैजान बेर लगाउँदैनन् ।
त्यसता बेलामा त सबैले सम्झाइ बुझाइ गर्नु पर्नेमा अझ बुहारीमाथि नै खन्निएका छन् ।’ चन्द्रिकातिर हेर्दै कृष्णचन्द्रले भने ।
चन्द्रिकाले कृष्णचन्द्रका मुखतिर हेर्दै भनिन् ‘उसो भय त हामीसबै लागेर बूढियालाई सम्झाइ बुझाइ गर्नु पथ्र्यो नि त विचरी ! धत् रात पनि निक्कै वितिसके छ…………………….।’
दिल्ली राम दाजु नमस्कार छ हजुर लाइ, हजुरले लेख्नु भएको कथा सारै राम्रो लग्यो . हजुरको श्रीजना हरु फेरिपनि पडन पौने आसा राखे को छु |