विरोध

कथाकार
कथाकार

मनप्रसाद सुब्बा,
दार्जीलिङ-भारत

संसदमा बहस चलिरहेको थियो । समाजवादी क्रान्तिकारी मोर्चाको एक वृद्ध सांसदले अलिक अल्सिलाग्दो पाराले आफ्नो तर्क पेस गरिरहेको थियो । यही क्रममा उही दलको अर्को एक भद्दा भारी जीउको सांसद घ्वार घ्वार घुर्न थाल्यो । बुढा सांसदको तर्क नटुङ्गिदै राष्ट्रिय गणतान्त्रिक दलको एक आधाबैंसे सांसद उठेर जोडतोडसित बुढाको तर्क खण्डन गर्दै कराउन थाल्यो अनि “घाम चैँ पूर्वबाटै झुल्किन्छ है!” भन्दै उसले आफ्नो प्रतिपक्षी तर्क बिसायो । यसैबिच निद्रामा घुरिरहेको सांसद-मित्रलाई ब्युँझाउँदै उनको दाहिनेपट्टि बसेको सांसदले भन्यो -“उठ्नोस त, रा० ग० द०-को सांसदले के भन्दैछ !”
“के भन्दैछ?” झसङ्ग ब्युँझेर सोध्छ भारी जीउको सांसदले ।
“घाम चैँ पूर्वबाटै उदाउँछ ‘रे !”
“रा० ग० द० ले भनेको हो ? यसको विरोध गर्छु म !” स० क्रा० मो० को मोटे सांसदले टेबल ठट्टाउँदै भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *