विवशता
भोक भएर जिन्दगी
रुवांडी शरणार्थी बालकसंग
बगरमा बालुवा खाँदैछ
रोग संग मितेरी लाएर
ऊ मृत्यु बाँचेको छ
संदुकीमा जिजीविषा बोकेर
निकै टाढा पुग्यो यायावरीय जिन्दगी
फेरि
आकाशमा उड्ने परेवाको छायाँ
बाज देखेर
ऊ आत्तिएको छ
‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट