विवादित समय कि म ?

JN Dahal
जे एन दाहाल

जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका

“हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले

लड्दै उठेर हिड्ने तिग्राहरुले

खुलाई  भित्री पर्दा उघार्ने

आज व्याक्तिविशेष आरोप लगाउने ?

 

मौनताबाटै गरी संरचना

गर्दैछु म पनि साहित्यक सृजना

नठान आफूलाई मात्रै प्रवक्ता

जसले नै खेती गर्ने छ सक्दा ।

 

किन शान्त रहन्छौ तिमी सधैं गंगा

यस चक्रव्यूहलाई आखिर भन्न

आह्वान छ छाडी देऊ अब लड्न

ठान्दै विवादित समय कि म ?

One Reply to “विवादित समय कि म ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *