विशेष सम्पादकीय: साहित्यकार इन्द्रबहादुर राईप्रति श्रद्धाञ्जली

३ फरवारी १९२७ मा दार्जीलिङ्ममा जन्मेका ईन्द्रबहादुर रार्इ नेपाली साहित्यका एक महान हस्ती थिए । उनी साहित्यमा पुरानो बाटो होइन, नयाँ बाटाको खोजी गर्न चाहान्थे । त्यही नयाँ बाटो खोज्ने उपक्रममा नेपाली

साहित्यकार इन्द्रबहादुर राई
साहित्यकार इन्द्रबहादुर राई

साहित्यमा ‘तेस्रो आयाम’ र ‘लीला लेखन’ जस्ता दुर्इवटा नयाँ चिन्तनधारा प्रवाहित हुन पुगे । पहिलो चिन्तनधारका सुत्रधार उनी एक्लै थिएनन्, ईश्वर वल्लव र बैरागी काइँलापनि थिए । दोश्रो चिन्तनधारा ‘लीला लेखन’ उनको एक्लो आविष्कार थियो ।
परम्परागत साहित्यलार्इ आयामेलीहरुले ‘चेप्टो’ देखे र त्यसमा उच्चाइ र गहिराइ आयाम खोजी गर्दै जीवनको सम्पूर्णता लेख्न अग्रसर भए । पछि ईन्द्रबाहुर राई जीवनको सम्पूर्णता लेख्न नसकिने रहेछ भन्ने देखेर लीला लेखन पट्टि लागे । जीवन त भ्रमपूर्ण रहेछ, सत्य एउटै नहुँदो रहेछ भन्ने कुरालार्इ लीला लेखनले जोड दिन्छ ।

ईन्द्रबहादुर रार्इले सिद्धान्त रचना मात्र गरेनन् तिनलार्इ पुष्टी गर्न यथेष्ठ सिर्जना पनि गरे । ‘कठपुतलिको मन’, ‘कथास्था’, ‘विपना कतिपय’ जस्ता कथा सङ्ग्रह, ‘आज रमिता छ’ उपन्यास, ‘टिपेका टिप्पणीहरु’ निबन्ध सङ्ग्रह र ‘नेपाली उपन्यासका आधारहरु’ समालोचना उनका प्रसिद्ध कृतिहरू हुन् । उनले साहित्य क्षेत्रमा ‘साहित्य अकादमी अवार्ड’, ‘जगदम्बाश्री पुरस्कार’, ‘अगमसिंह गिरी स्मृती पुरस्कार जस्ता पुरस्कार प्राप्त गरेका थिए ।
यस्ता लब्धप्रतिष्ठ साहित्यकार ईन्द्रबहादुर रार्इज्यूको गत ६ मार्च, २०१८ मा भएको निधनको खबरले विश्व भरि रहेका नेपाली साहित्य प्रेमीहरुलार्इ मर्माहत तुल्याएको छ । यो नेपाली साहित्यका लागि अपूरणीय क्षति हो । उहाँ भौतिक रूपमा नरहे पनि उहाँले नेपाली साहित्य र समाजलार्इ पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । उहाँको आत्माले चीरशान्ति पावोस् र शोकाकूल घर-परिवारजन, ईष्ट-मित्र, बन्धु-बान्धवहरुलाई धैर्यधारण गर्ने आत्माबल मिलोस् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *