विश्व छिमेकी

पण्डित श्यामप्रसाद खनाल / कानसास, अमेरिका

जता सबहौँ उहि मानव नै ।
धरती विच जन्म कुना भवमै ॥
विधिको त विधान उ चल्छ सधैँ ।
वरु विश्व छिमेकि बनाउ सबै ॥१॥

तर हेर रहेछ कती कुदने ।
निज भाग्य सही जगमा जुधने ॥
सुन सज्जन भाइ वहीनि सबै ।
बरु विश्व छिमेकि बनाउ सबै ॥२॥

छन हेर तमाम भुटानिहरू ।
छरपष्ट भए सरिबूझ बरू ॥
कतिकस्ट लिए परदेशि त भै ।
बरु विश्व छिमेकि बनाउ सवै ॥३॥

कति अष्ट्रलिया र युरोप पुगे ।
नयपाल कि भारत मै ति लुके ॥
कतिडेन्कनडादि अमेरि हुँदै ।
वरु विश्व छिमेकि बनाउसवै ॥४॥

यसरी कसरी जसरी तसरी ।
निरबाह चलाउँ मिलेजसरी ॥
यतिका दिन पौरख यत्तिछ है ।
बरु विश्व छिमेकि वनाउ सवै ॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *