शब्द हराए
देव भट्टराई-
दिमाग सुन्य सुन्य छ
शुभकामना लेखौं भने पनि
शब्द सबै हराए जस्तो भो
किन? मबाट भाग्छन् सबै
मानौ, म शत्रु हो ।
हेर्छु म आफ्नै रातो टीकालाई
ललाटभरि र देख्छु
दन्दनी देश बलेको
सबै एक एक गरि हाम्फालेको
सोचे यो अन्याय भो
तर होइन
उनीहरुले त कमसेकम आफ्नो शिरको बोझ हटाए
शहीद भए
अमरत्व प्राप्त गरे ।
र अब भन्छन्
खै, तैले के गरिस् ?
म अवाक छु
मैले त उही
निदारमा टिका र
कानमा जमरा लाउन वाहेक
अरू के गर्न सक्या छु र ?