शहीदलाई श्रद्धाञ्जली
कुबेर कुईकेल भुवानेटारे
अमेरिका
वीर शहीदलाई यो श्रद्धा सुमन मृत्युमा
गर्यो उत्सर्गमा ज्यान त्यो बलिदान देशमा
ब्यर्थ जाँदैन तिम्रो त्यो त्याग श्रद्धा स्वदेशमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
ऊ देशहितमा मर्न पछि परेन लक्षमा
शत्रुको काल नाकामा ढाल देशको पक्षमा
शौर्य अदम्य श्रद्धेय तेजले सूर्य चन्द्रमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
तिमी अटल पृथ्वीमा धनी प्रेरक देशमा
सेवामा देशको प्राण भो न्योछावर देशमा
आतंकवाद उन्मुक्ति सुरक्षा वीर युद्धमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
तिमी स्वतन्त्रता क्रान्ति स्वराज पद पक्षमा
तिमी हौ सिंह रक्षामा देश सुशान्ति पक्षमा
संघर्ष प्रतिरक्षामा आक्रमक्ता र शान्तिमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
संप्रभुता सुरक्षामा देशद्रोही बिपक्षमा
अखण्ड एकता रक्षा प्राकृतीक प्रकोपमा
विश्वको शान्तिमा गाथा त्यो तिम्रो प्रतिकारमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
अमुल्य त्याग सेवा हो तिम्रो जीवन राष्ट्रमा
बम बन्दुक गोलाको भय जितेर द्वन्द्वमा
दम्भ घमन्डको अन्त्य छ तिम्रो ईतिहासमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
नतमस्तक हाम्रो यो शिर तिम्रो समाधिमा
सगर्व पुस्प श्रद्धाको वीर तिम्रो बिदाइमा
श्रद्धाञ्जली! छ हाम्रो यो श्रद्धाञ्जली शहीदमा
तिमी अमर तारा हौ चन्द्र सूर्य प्रकाशमा
छन्द- अनुष्टुप