शिक्षा विभागमा डा. लक्ष्मीनारायण ढकाल चयन

साहित्य परिषद् भूटानले  डा. लक्ष्मीनारायण ढकाललाई  शिक्षा विभाग- निर्देशकको पदमा चयन गरेको छ । डिसेम्बर ४, सन् २०२२ का दिन भएको परिषद्को बोर्ड र पाठ्यक्रम विकास समितिको संयुक्त निर्णयपछि
 ढकाललाई परिषद्को सो विभाग- निर्देशकको पदमा चयन गरिएको हो । सन् २०१८ देखि खिम खतिवडाले शिक्षा विभागको निर्देशकको जिम्मेवारी समाल्दै आउनु भएको थियो र केही समय अघि परिषद्को
अर्को कार्यकालका लागि विभिन्न कारणले निरन्तरता दिन आफू असमर्थन रहेको जनाउँदै उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा पछि रिक्त रहेको उक्त स्थानमा शिक्षा विभागीय
निर्देशकको रूपमा डा. लक्ष्मीनारायण ढकाललाई नियुक्त गरिएको सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराउँछौं । ढकालको औपचारिक नियुक्तिपछि परिषद्को बोर्डले
पूर्णता पाएको छ ।
साहित्य परिषद् भूटान विगत ३० वर्षदेखि भाषा-साहित्यको संरक्षण र संवर्द्धनको क्षेत्रमा निरन्तर क्रियाशील छ । भाषा साहित्यको संरक्षणका लागि नेपाली भाषाका कक्षाहरू
सञ्चालन,साहित्यिक/सांस्कृतिक कार्यक्रम, पाठ्यपुस्तक र पाठ्यक्रमहरूको लेखन र विभिन्न विधाका सङ्कलित कृतिहरूको प्रकाशन गर्दै आएको छ । साथै भाषा साहित्यको क्षेत्रमा विशेष
योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विभिन्न पुरस्कारहरूबाट सम्मान पनि गर्दै आएको छ । यस अतिरिक्त सन् २००९ देखि BhutaneseLiterature.com नामक वेबसाइट मार्फत पाक्षिक
रूपमा विद्युतीय प्रकाशन पनि निरन्तर गर्दै आएको छ ।
– साहित्य परिषद् भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *