शुभकामना

श्यामप्रसाद खनाल / कानसास, अमेरिका

हे नेपालि समाजका सुजन हो मातापिता मित्रको हो
भाग्यैले त अमेरिकाबिचमहाँ हाम्रो जसै भेट भो ।
उस्तैमा मछु हिन्दु धर्म गरने भूटानको पुत्र हुँ
ब्रह्माविष्णु शिवादि देव पुजने भाषी म नेपाली हुँ ।।

मेरो जन्म भूटानमै हुन गयो जिल्ला त साम्ची महाँ
देन्चुखा भनि गाँउ बोल्छन तहाँ गेवोक मेरो जहाँ ।
संवत् दुइ हजार पन्ध्र वितिगै मुङ्सीरको मास रे
मेरो जन्म भयो अघी थर पनी खनाल नै हो अरे ।।

जन्मैदेखि जुराइ नाम पनि श्याम्प्रसाद भन्ने गरे
हुन्वावा हरिभक्त नाम म त लौ पाँचौं सुपुत्रै अरे ।
विद्या संस्कृत भारतै गइ पढें काशीपुरी तिर्थमा
वर्षै पैँतिसको उमेर तक लौ  बसें भुटानैमहा ।।

भाग्यै जान्न सकिन्न त्यो वखतमा दुभाग्र्य आई पर्‍यो
सारा गाउँ बसाइ खल्बल भयो भूटान छोड्नू पर्‍यो
नेपालै तिर सत्रवर्ष बसियो दुःखी शरणार्थी भै
हज्जारै दुइ साठि पाँच विच साल् जुन्माघको मासमै

आएको म अमेरिकाविच ठूलो गम्भीर्समुद्रै तरी
नौलो देश र गाउँ बास नउलो नौला छिमेकी भरी
यस्तैमा पनि भाग्यले अझरची दिएछ क्यारे बरु
यस्तादूर प्रदेशमा पनि मिले नेपाली बन्धूहरु

भन्छन साथरहेर यो वखतमा मानौ दशैं यो छरे
नौ दुर्गा जननी परा भगवती शक्ती सबैकी अरे
हाम्रो ढंग सुधार्गरेर बरदान्दिछिन् पुकारा गरे
हाम्रा पूर्वजले यसै नियममा बाँची ठुलो काम गरे

देख्छू आज अमेरिकाभरि कती मूहार नेपालीको
आफ्नै गाउँ पुगे सरी सुमधुरो बोली नमस्कारको
राम्रो मान भेट प्रेम गहिरो मुस्कान मीठो जहाँ
भाषा भूषण नाँच गान मधुरो भूटानकै सम्झना

वर्मेली कति छन् नेपालतिरका भूटानको हूँ मता
सारालाई चिनारी गर्न सकिए हुने सधैं मान्यता
नमस्कार छ जोडि हात सबमा जाती कुशल्को सदा
भाषा नै छ छिटो चिनाउन सके हो यो ठूलो मित्रता

मन्को पीर पखाल्नलाइ सहजै सकिन्न आँटे पनि
आजैको दिन बल्लतल्ल जुटियो बडा दशैं हो भनी
राम्रै लाग्छ कि हामीमा पनि दशैं भन्छन् अरुले पनि
हाम्रा संस्कृतिका कला रचिदिउँ देखुन् सबैले भनी

छन्  कोही दुःखमा र कोहि सुखमा छन्  कोही डेरा महाँ
कार्खानाबिच कोहि कोहि घरमा होटेल दोकानमा
बिहानी पख कोहि रात्रिबिचमा दिन्रातको साँझमा
पेसा यो छ अमेरिकय बिच हरे भर्जिन्दगी काममा

कोही तले दुगान खानिबिच क्वै छन्कोही भण्डारमा
गर्छन्काम खुरुक्क फुर्तिसँगले जो यन्त्रको सारमा
यो हेर्दा दुःखमा नआज सुखमा के भन्नु के भन्नु खै
मोलै गर्न सकिन्न काम पनि ऊ मिल्दैन काँही सधै

नेपाली कुलका यि मित्र जतिमा सम्पर्क राखौं जहाँ
यस्तै नै छ अमेरिकी पन सधैँ निर्वाह गर्ने महाँ
सारालाई सुस्वास्थ्य सन्तती मिलुन् सद्ज्ञानबुद्धी पनि
मेरो यो शुभकामना छ सबमा हाम्रो दशैं हो भनी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *