शून्यतामा

रघुनाथ ओस्ती
क्यानाडा

शून्यतामा…
म उड़िरहेको बेला,
मेरो पखेटा काटेर…
रक्ताम्य पार्दै,
अर्को शून्यतामा गिराउन चाहन्छ ‘ऊ’ ।
म उसको तरवारबाट …
त्रसित भएर परपर भाग्दछु
‘ऊ’ मेरो पिच्छा गर्दै झम्टन्छ मतिर ।
भाग्ने क्रममा…!
पखेटा रेटिएर छाड़िएको
एक सेतो परेवासँग मेरो भेट हुन्छ ।
हाम्रो रङ्, भावना, आस्था र पीडा एउटै…
समान हुन्छन् एउटै बिन्दुझैं
म उसलाई सहारा माग्दछु,
‘ऊ’ मलाई आश्रय माग्दछ,
हामी दुवै हेरिरहन्छौं एक अर्कालाई
दुवै आश्रय विहीन्…! दुवै सहारा विहीन्…!
अङ्गालोमा बाँधिएर रुन्छौं धेरैबेर सम्म ।
तर ‘ऊ` …?
फेरि आइपुग्छ…,
हामी भागिरहन्छौ…!
पूर्व, पश्चिम, उत्तर, दक्षिण,सबैतिर ।
तल हाम फाल्ने सोच हुन्छ…!
तर……..?
ती निर्दोष सन्तानहरु…?
फेरि बाँच्नै पर्ने बाध्यता…!
तीब्र भएर आउँछ…शरीरमा जोश्,
रेटिएका पखेटा साथ दिइरहन्छन्…
हामी खुल्ला आकाशमा…
निरन्तर उड़िरहन्छौं…उड़िरहन्छौं…!
केवल शून्यतामा…!
केवल शून्यतामा…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *