श्रद्धाञ्जली भम्पाजीलाई

कुबेर कुईकेल ‘भुवानेटारे’

श्रद्धाञ्जली छ भम्पाजी लाख लाख प्रियंवदा
यो समवेदना श्रद्धा सफूल हात जोडदा
हो निहुरन्छ माथा यो हाम्रा आँखा चिसा चिसा
पुष्प सप्रेम श्रद्धाको शिर झुक्छ दिशा दिशा

प्रेमले जाँचने कोठा रुँदैछ आज खोजमा
त्यो गजुरमुखी एक्लो हजुरको बिदाइमा
माटो पोको स्वदेशी त्यो सिरानी मात्र अन्त्यमा
झन्डा वस्त्र धराको त्यो देशहिन बिदाइमा

झझल्को भित्र भूटानी साम्ची बाँडा स्वभूमि त्यो
स्वदेश भक्त मान्छेको जीवन्त ग्रन्थ सोच त्यो
बुद्ध राम खुदा जस्तो जीवनी कति सुन्दर
गान्धी लिङ्कन मन्डेला जस्तो तिम्रो छ आदर

राजर्षि वैध राजाको इस्तिफा त्याग रोज्नु भो
तानाशाही बिरोधी लौ क्रान्तिकारी त खोज्नु भो
जाती भाषा सुरक्षाको नादी आवाज बोक्नु भो
सेवामा दीन रोगीको त्यो रात दीन झुक्नु भो

समाज आज एक्लो यो चिकित्सालय बन्द भो
सेवा नि:स्वार्थ रोगीको त्यो प्रेम पुण्य रोप्नु भो
सदेह पास भम्पाजी नभए पनि हालमा
श्रद्धाको फूल भम्पाजी चडाउछु समाधिमा

छन्द- अनुष्टुप्

Leave a Reply

Your email address will not be published. Required fields are marked *