सफल मान्छे

मधु घिमिरे
वस्टर, मासाचुसेट्स्

छन्द :- भूजङ्गप्रयात

छ बानी  र  वाणी  लिएको  वसैमा
उहीं  पुग्छ  मान्छे  सधैं  टाकुरामा
अरुको कुरा यो छ सुन्ने  त  कम्ती
उही गर्छ सेवा छ आफै नि शान्ति ।।१।।

छ उस्को त आचार  आलोक  ठुलो
उसैले   बनायो   धरा  यो  उज्यालो
न ऊ प्याच्च बोल्यो गर्यो नित्य काम
सबैको   पियारो   उही   हो  महान ।।२।।

छ ऊ स्वावलम्बी भयो जीत उस्को
पुर्याएन   हानी   कहिल्यै   कसैको
न ऊ  त्रास  चिन्ता न अन्योलमा छ
डराएन  कहिल्यै  न ऊ हार  मान्छ ।।३।।

चढायो उकालो यही जिन्दगानी
गर्यो कष्ट सारा सही घाम  पानी
सबैको  छ  उत्प्रेरणाको  मुहान
सधैं  सुन्नु उस्को कुराको  बयान ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *